गाेरखा– जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने तयारी तीव्र पारिएको छ । जिल्लालाई पूर्ण खोपयुक्त वनाउने क्रममा हालसम्म जिल्लाका १६ गाविस लाई हालसम्म पूर्ण खोपयुक्त गाविस घोषणा गरिसकिएको छ ।
यसै क्रममा कसरी जति सक्दो चाँडो जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्न सकिन्छ भन्ने वारेमा आज एक अन्तक्रिया सम्पन्न भएको छ ।
जिविस हलमा भएको छलफलले स्थानीयस्तर र कार्यालयको अनुगमनबाट खोपयुक्त गाविस घोषणा गर्न योग्य प्रतिवेदन प्राप्त गाविसहरु केरावारी, ताकुकोट र सौरपानीलाई क्रमशः चैत्र २१ गते, २४ गते र २८ गते पूर्ण खोपयुक्त गाविस घोषणा गरेको छ ।
त्यस्तै, कार्यालयको अनुुगमनबाट प्रतिवेदन प्राप्त भइनसकेका खोेप्लाङ, देउराली,घ्याल्चोक, धुवाँकोट, आरुआर्वाङ, मिरकोट, स्वाँरा, वोर्लाङ, गाँखु र जौवारी गाविसलाई पनि छिट्टैै अनुगमन गरेर खोपयुक्त गाविस घोषणा गर्ने तयारी गरेकोे जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाका प्रमुख तथा वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीले जानकारी दिए।
यसै वर्षको पौैष १७ गतेबाट सुरु भएको खोपयुक्त क्षेत्र घोषणा गर्ने अभियान चैत्र ५ गतेसम्म १६ गाविसहरु खोपयुक्त गाविस घोषणा भइसकेका छन ।
कार्यक्रममा स्थानीय विकास अधिकारी नारायण आचार्य, जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारी लगायत जील्लामा क्रियाशिल रानजीतिक दल, सरकारी तथा गैैह्रसरकारी कार्यालयका प्रमुख तथा प्रतिनीधीहरुको उपस्थिीति रहेको थियो ।
आगामी ९ महिना भित्रमा गोरखालाई पुुर्ण खोपयुुक्त जिल्ला घोषणा गर्नको लागी आज जिल्लाका सरकारी तथा गैह्रसरकारी कार्यालय र राजनीतिक दलका प्रमुख तथा प्रतिनीधीहरुले छलफल गरेकाहुन् ।