गोरखा- उद्याेगमन्त्री सोम प्रसाद पाण्डेले सवारी चालकका लागि अनिवार्य दश पास गर्नुपर्ने सरकारी प्रावधान खारेज गर्ने बताएका छन् ।
हाललाई दश पासको प्रस्ताव हाल स्थगित भएको छ, मजदुरको हितको लागि यो प्रस्ताव खारेज गर्ने प्रस्ताव मन्त्री परिषदमा लैजान्छु ।”मन्त्री पाण्डेले आज गोरखामा मजदुरहरुको भेलालाई सम्वोधन गर्दै भने , ‘सरकार मजदुर मैत्री छ ।’ उनले भने .
उद्योगमन्त्री पाण्डेले यातायात मजदुरलाई पनि अन्य उद्योगका मजदुर सरह सेवा सुविधा उपलव्ध गराउने समेत वताए ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गोरखाको २२ औं साधाराण सभामा प्रमुख अतिथीको रुपमा वोल्दै मन्त्री पाण्डेले यस्तो वताएका हुन् ।
सरकारले यातायात क्षेत्रलाई पनि अन्य उद्योगका सरह मान्यता दिएपनि यातायात मजदुरले भने सेवासुविधा पाउन नसकिरहेको भन्दै मन्त्री पाण्डेले मजदुरको समान पारिश्रमिकका लागि क्याविनेटमा प्रस्ताव लैजाने वताए ।
वावुराम भट्टराईको सरकारले सवारी चालकका लागि कम्तीमा १० पास गर्नुपर्ने प्रस्ताव गरे पनि यो ऐन हाल स्थगित भएको छ ।