गोरखा- जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्र आरुघाट नजिकैको एक गाउँको एक घरमा लगातार ढुंगाको वर्षा भएपछि यति वेला स्थानीय वासिन्दा मात्रै नभएर घटनाको अनुसन्धान गर्न गएको प्रहरी पनि अचम्ममा परेको छ ।
आरुपोखरी-२ कुडुले स्थित रोशन बानियाँको घरमा चैत ६ गते साँझ ६/७ वजे देखि केही सामान र ढुंगा समेत आवाज सहित खसीरहेको प्रहरीले पुष्टि गरेको छ ।
६ गतेवाट ढुंगा वर्षने क्रम शुरु भएपछि स्थानीयले शूरुमा त कसैले वदमासी गर्यो होला भन्ने ठाने, घर वरपर खानतलासी गरे तर केही उपाय नलागेपछि ८ गते प्रहरीको पुगेका थिए ।घटनाको अनुसन्धान गरिरहेका ईलाका प्रहरी कार्यालय अारूघाटका प्रहरी निरीक्षक रवीराज थपलियाका अनुसार शुरुमा घटनाको अनुसन्धानका लागि गएको टोलीले केही पत्तो लगाउन नसकेपछि उनी आफै टोली सहित त्यहाँ पुगे ।“
घर वरपर करिव दुई किलोमिटरसम्म कर्डन एण्ड सर्च गरे । ” घटनावाट आफू निकै अचम्ममा परेको वताउदै थपलियाले भने , “ लगातार ३ घण्टा घटना स्थलमा वसें, वर पर २ किलोमीटर सर्च गर्दा कुनै मानबिय गतिबिधि देखियन् तर लगातार ५ र १० मिनेटको अन्तरालमा टिनको छानोमा ढुंगा बर्सन्छ ,कहाँ बाट आयो देखिदैन तर आवाज हित भान्साकोठामा जम्मा हुन्छ ।”
“ढुंगा पत्ता लगाउन प्रहरी नै घरको छानोमा राखियो , प्रहरीलाई केही हुदैन , आवाज आउँछ , भान्सामा ढुंगाको थपिन्छ । “प्रहरी निरिक्षक थपलियाले भने , “ ४ पाखे टिनको छानो भएको कटेरोमा १ पाखाको टिन प्रहरीले निकालिदिए पछी भने ढुंगा खस्ने क्रम रोकिएको छ ।”सो ठाउमा गत वर्ष भूकम्पले घर भत्किएर टिनको छानो भएको कटेरो हाली रोशन बानियाँको परिवार , कृष्ण बानियाँ तथा आमा सिता बानियाँ बसोबास गर्दै आएका छन् ।
घर प्रहरी सहायक निरिक्षक कै हो । स्थानीयका अनुसार गत बैसाख ३ गते घरका मुली सिता बानियाँका पतिको निधन भएको थियो, उनि धामी झाँक्रीको काम गर्दथे । अलौकिक शक्ति रिसाएर नै त्यस्तो भएको भन्दै स्थानीय त्रसित भएका छन् । तर टिनको छानो भत्काएपछि भने कतैवाट पनि ढ्रुगा आउको छैन ।
घरभित्र ढुंगा मात्रै नभएर घरका सामान समेत खस्ने गरेको घरका सदस्यको दावी छ , तर प्रहरीले भने ढुंगा मात्रै फेला परेको जनाएको छ । खाटमुनी राखेको साबुनको डल्लो,गिलास पनि खसेको उनीहरुले वताएका छन् । लहरै तीन घर छन् ढुंगा खस्ने घर भने वीचमा छ , विचको घरको पनि भान्साकोठमा मात्रै ढुंगा खस्नु आश्चर्य भएको प्रहरी निरिक्षक थपलियाले वताए ।’
अन्धविश्वास पत्याउने कुरो त भएन , तर कुनै भौगर्विक कारणले यस्तो भएको हुनसक्छ , अनुसन्धान गर्न सके केही फेला पर्ला ।” थपलियाले भने । यसवारेमा आफूसंग धेरैले चासो राख्ने गरेको वताउदै थपलियाले आफूले माथिल्लो निकायमा लिखित रुपमा पठाउने वताए ।