गोरखा- सरकारले भुकम्प पछि घर संरचना निर्माण गर्दा भवन आचारसंहिताको कडाइका साथ पालना गराउने भने पनि गोरखा सदरमुकाममा अहिले पनि जथाभावी रुपमा भवन संरचना निर्माण गर्ने क्रम रोकिएको छैन ।
गोरखा नगरपालिकाको नगरपालिका भित्र बन्ने भवन आचारसंहिता कडाईका साथ पालना गराउनु पर्ने दायित्व भएपनि त्यसको कार्यन्वयन भने खुकुलो देखिएको छ ।
गोरखा सदरमुकामको मुख्य सडक छेउछाउमै भवन आचारसंहिता बिपरितका भवन संरचना निर्माण भइरहेका छन् । तर नगरपालिकाले भने आचारसंहिता कार्यान्यवन गर्ने बताएपनि त्यसको खासै वास्ता गरेको नपाइएको स्थानियबासीहरुले भनाई छ ।
गत बैसाक १२ गते गएको बिनासकारी भुकम्पमा परि भत्किएका राजधानी सहित बिभिन्न जिल्लामा बनेका पक्की भवनहरुले भवन आचारसंहिता पालना नगरेको पाइएको थियो ।
गोरखा नगरपालिकाले भवन आचारंसहिता कडाईका साथ पालना नगर्दा सदरमुकाममा जथाभावी भवन बन्ने क्रम नरोकिएकाले वरपरका स्थानियबासीहरु समेत त्रासमा परेको उनिहरुको भनाई छ ।