गोरखा- जिल्लामा आज नयाँ शक्ति अभियान समर्थित यातायात मजदुर संगठन गठन भएको छ । रंगहरुको पर्व होलीको अवसरमा आज गोरखा नगरपालिकाको वडा नम्वर ११ अवुवामा भएको मजदुरहरुको भेलाले विष्णु वयलकोटीको अध्यक्षतामा २१ सदस्यीय समाजवादी यातायात मजदुर संघ जिल्ला समिति गठन गरेको हो ।
संघको उपाध्यक्षमा सूर्य दवाडी, सचिवमा राजेन्द्र अधिकारी, कोषाध्यक्षमा दीपक श्रेष्ठ, सहसचिव कुमार थापा चयन भएको संघले जनाएको छ । दीपक खत्रीको अध्यक्षतामा आज भएको मजदुरहरुको भेलालाई अभियानका केन्द्रीय परिषद सदस्य एवं गोरखा क्षेत्र नम्वर एकका संयोजक रमेश पोखरेलले प्रशिक्षण दिएका थिए।
अभियानले पार्टीैका रुप धारण नगरेपनि मजदुर संगठन भने गठन भएको हो । केन्द्रमा ट्रेड युनियन गठन भइसकेको र त्यसैको परिणाम स्वरुप जिल्ला तहमा पनि विभिन्न वर्गीय संगठन गठन अभियान शुरु गरिएको केन्द्रीय परिषद सदस्य रमेश पोखरेलले जानकारी दिनुभयो ।“ पार्टी गठन भए लगत्तै यो संगठन पनि औपचारिकता पाउँछ ।
कार्यक्रममा यातायात व्यवसायी समिति गोरखाका अध्यक्ष रामहरि केसी, अभियानका जिल्ला अन्तरिम परिषद सदस्यहरु गोवर्धन श्रेष्ठ , रमेश पोखरेल , विपिन चन्द्र ढकाल , दीपक खनाल , दिनेश तमु लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।