गोरखा- सदरमुकाममा आज नयाँ कर नितिको वारेमा एक अन्तक्रिया सम्पन्न भएको छ ।
गोरखा उद्योग वाणिज्य संघ गोरखाको आयोजनामा आज भएको छलफलमा कर कार्यालयले अघि सारेको नयाँ कर निती अनुसार कसरी व्यवशाय अगाडी वढाउने, कर किन तिर्ने, लगाएतका विषयमा छलफल भएको संघका महासचिव भगवानबावु मास्केले जानकारी दिए ।
कार्यक्रममा कर अधिकृत शुरेश सुर्खालीले कर शिक्षाको विषयमा जानकारी गराउनुभएको थियो ।
आज भएको कार्यक्रमले नियमित रुपमा कर वुझाउने दुई व्यवशायीलाई सम्मान पनि गरेको छ । सम्मानीत हुनेहरुमा कलश आयल स्टोर्सका प्रोपाइटर शितलकाजी मास्के र हाम्रो पसलका प्रोपाइटर शिवध्वज खत्री रहेका छन ।
संघका अध्यक्ष श्रवणकुमार जोशीको अध्यक्षता तथा कर कार्यालयका मुख्य कर अधिकृत लेखनाथ शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा संघका पदाधिकारी तथा गोरखाका व्यवशायीहरुको उपस्थिीती रहेको थियो ।
यसैवीच गोरखा उद्योग वाणीज्य संघले आज विहान एक कार्यक्रमको आयोजना गरी गोरखाको नयाँ प्रहरी प्रहरी प्रमुख जनकराज पाण्डेयलाई स्वागत गरेको थियो ।
प्रहरी उपरीक्षकको दरवन्दी गोरखामा कायम भएसंगै गोरखामा पहिलो एसपीको रुपमा ५ गते गोरखा आउका हुन् ।