गाेरखा- एकिकृत नेकपा माओबादी निकट मगर राष्ट्यि मुक्ति मोर्चा नेपालको आज तेस्रो जिल्ला भेला छमाया थापामगरको अध्यक्षतामा ५१ सदस्यीय नयाँ समिति चयन गर्दै आज सम्पन्न भएको छ ।
एकिकृत नेकपा माओबादी का जिल्ला अध्यक्ष तथा मगर राष्टिय मुक्ति मोर्चा का केन्द्रिय सचिव लेख वहादुर थापा मगर को प्रमुख आतिथ्यतामा आज भएको भेलाले उपाध्यक्षमा कृष्ण राना मगर, सचिवमा मोहन थापा मगर, सह सचिवमा कृष्णा थापा मगर र कोषध्यक्षमा सावित्री थापा मगर चयन गरेको मोर्चाले जनाएको छ ।
भेलाले तीन जना राष्ट्यि प्रतिनिधी पनि चयन गरेको छ । जसमा कृष्ण थापा, रोम व थापा मगर र संजिव थापा मगर चयन गरिएको छ । यसैवीच गोरखा नगरपालिकाको फिनाममा एकिकृत माओबादी ले वडा न १२ र १३ को सयुक्त वैठक सम्पन्न गरेको छ ।
राम वहादुर थापाको अध्यक्षतमा भएको कार्यकम मा एकिकृत नेकपा माओवादीका जिल्ला समितिका सदस्य तथा नगर सयोजक कृष्ण रानामगर प्रमुख अतिथी रहनु भएका थिए । सयुक्त बैठकले पाटीको योजना निर्माण गरी कार्यान्वयन गर्ने निणय गरेको होम वहादुर बिकले जानकारी दिए ।