गोरखा– सोमवार अपरान्हवाट एक्कासी आएको हावाहुरीले भुकम्पप्रभावित गोरखाका उत्तरी क्षेत्रका वासिन्दा निकै समस्यामा परेका छन् ।
अस्थायी टहरा र त्रिपालमुनि वस्दै आएका उनीहरु हुरीवतासले त्रिपाल र टहराको जस्ता पनि उडाएपछि वास वस्न , लत्ता कपडा राख्न र अन्नपात जोगाउन समेत समस्या भएको गुनासो गरेका छन् ।
गुम्दाका एक स्थानीयका अनुसार हावाहुरीका कारण जस्ता र त्रिपाल उडाएपछि उनीहरु त्रिपालको दुई छेउ समात्दै वसिरहेका छन् । ‘घर पनि भत्किएको र अस्थायी संरचना समेत क्षति पुगेपछि उनीहरु कष्टकर जीवन विताइरहेका छन् ।’ लापुका एक शिक्षक श्याम वहादुर नेपालीले वताए ।
उता हावाहुरी र पानीका कारण चलिरहेको कक्षा ८ को जिल्ला स्तरीय परिक्षा समेत प्रभावित भएको छ । मुच्चोक गाविसको चर्तुमाला उमाविका शिक्षक वासु देवकोटाका अनुसार अस्थायी टहराको छानो उड्ने र क्षति पुग्ने डरले आजको परिक्षामा विद्यार्थीले रामे लेख्न सकेनन् ।
‘परिक्षा नै स्थगित गर्नुपरेन तर छाना उडाउने डरका कारण मनोवैज्ञानिक डरका कारण विद्यार्थीले राम्रो गर्न सकेनन् ।’ शिक्षक देवकोटाले भने ।
यता छोप्राकको धर्मावती माविको अस्थायी टहरामा क्षति पुग्ने भयले विद्यार्थीको परिक्षा एक सार्वजनिक भवनको एकै कोठामा राखेर संचालन गर्नुपरेको थियो ।
एक शिक्षकका अनुसार विद्यालय संचालन भइरहेको कटेरो उडाउने डरले सवै विद्यार्थीलाई पीयुसिडिको पुरानो भवनमा संचालन गरिएको थियो । यता मुच्चोकको माथिल्लो भेगमा परेको असिनाका कारण त्यहाँका सागपात, तरकारुी वाली, र भर्खरै उम्रेको मकै वालीमा क्षति पुगेको छ । ‘हावाहुरीले टहरा उडायो, असिनाले वाली सिद्यायो अव खाने के र वस्ने कहाँ ?’
मुच्चोकका हरि देवकोटाले टेलिफोनमा भने, ‘यो साल त हाम्रो लागि कालै वनेर आएको रहेछ ।’
हुरीले केही दिन अघि देखि आकाशमा देखिएको तुवालो हटे पनि पर्याप्त पानी भने पर्न नसक्दा किसानहरु भने चिन्तित भएका छन् ।
यता जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक शंकर आचार्यले भने हावाहुरीले सामान्य क्षति पु¥याएको हुन सक्नै भन्दै कुनै पनि अप्रिय घटनाको जानकारी कार्यालयमा प्राप्त नभएको दावी गरे ।
यसैवीच भुकम्पले समेत ढलाउन नसकेको गोरखकाली रवर उद्योगको धुवाँ फाल्ने चिम्नी आजको हावाहुरीले ढालेको छ । उक्त चिम्नी वैशाख १२को भुकम्पको वेला समेत केही भएको थिएन ।