काठमाडौं- हिरासतमै अनशन बसेका आफ्ना केन्द्रिय सदस्य एवं काठमाडौँ जिल्ला संयोजक प्रकाश अधिकारी र जिल्ला सदस्य विकास अधिकारीको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएको नेकपा माओवादी निकट अनेरास्ववियु (क्रन्तिकारी)का ७ जना कार्यकर्तालाई प्रहरीले गिरप्तार गरेको छ ।
विरोध प्रदर्शनलाई धरपकड गर्दै प्रहरीले अनेरास्ववियु (क्रन्तिकारी)का केन्द्रिय सदस्य कलम बडुवाल,काठमाडौ जिल्ला सदस्य महेन्द्र तामाङ ,सुमन अधिकारी ,रोजिना चौलागाईं र क्याम्पस जिल्ला सदस्य उषा किरणसहित ७ जानलाई गिरफ्तार गरेको हो ।
४ दिनदेखि पानी समेत नखाई अनशनमा बसेका गौतममलाई यथासिघ्र रिहाइको माग गर्दै अनेरास्ववियु (क्रन्तिकारी)ले बैशाख १८ गते चरणबद्ध आन्दोलनको घोषणा गरेको थियो ।
सोही पूर्व निर्धारित कार्यक्रम अन्तर्गत आज( सोमबार ) युनिफर्मसहित करिब ४ सयको सख्यामा पुगेको बिद्यार्थीको मासले जिल्ला शिक्षा कार्यालय ,काठमाडौ घेराउ गर्न पुग्दा प्रहरीले धरपकड र हस्तक्षेप गरि नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेको हो ।अनेरास्ववियु (क्रन्तिकारी)गोरखाका संयोजक विकास भट्टराईले बिरोध गर्न पाउने जनताको अधिकारलाई कुनै पनिबहानामा कुण्ठित गर्ने खोजिए त्यसको खुलेर प्रतिरोध गरिने बताए ।
आजको जिल्ला शिक्षा कार्यालय घेराउमा भएको प्रहरी हस्तक्षेप र गिरफ्तार आफ्ना सम्पुर्ण साथिहरुको शिघ्र रिहाइको माग गर्दछौं ।अन्यथा परिस्थिति बेग्लै बन्ने निश्चित छ ।” गौतमलाई स्वयम्भू प्रहरी कार्यालयले काठमाडौंका जिल्ला शिक्षा अधिकारी शङ्कर बहादुर गौतमलाई कालोमोसो दलेको आरोपमा शुक्रबार दिउँसो २ बजे स्वयम्भू क्षेत्रबाट पक्राउ गरेको थियो ।अधिकारी भ्रष्ट जिशिअमाथि कारवाहीकाे माग गर्दै हिरासतमै अनसन बसेका छन् ।
यसअघि जिल्ला शिक्षा अधिकारी गौतमले शैक्षिक क्षेत्रमा अनियमितता गरेको , आर्थिक घोटला गरेकोले भन्दै नेत्रबिक्रम चन्द ‘विप्लव’ निकट अखिल क्रान्तिकारीले गत १५ गते कार्यकक्षमै प्रबेश गरि कालोमोसो दलेको थियो ।
यता क्रन्तिकारीले २१ गते जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने र प्रत्येक कलेजअगाडी बिद्यार्थी प्रदर्शन गर्ने जानाइएको छ भने वैशाख २२ गते जिशिका का कर्मचारीलाई कार्यालय प्रबेशमा रोक लगाउने तथा २३ र २४ गते सैक्षिक सस्था प्रशासनमा तालाबन्दी गर्ने तथा २५ गतेदेखि सैक्षिक सस्थामा अनिश्चितकालिन तालाबन्दी गर्ने जनाएको छ ।