गाेरखा- मुच्चोकको चतुर्माला उमाविमा जेठ ५, ६ र ७ गते तीन दिनसम्म वाल सचेतना तालिम संचालन भइ सम्पन्न भएको छ ।मुच्चोक बाल क्लब सन्जालको आयोजना तथा मुच्चोक बाल संरक्षण समिति तथा मुच्चोक गाविसको समन्वयमा सो प्रशिक्षणमूलक सचेतना कार्यक्रम सम्पन्न भएको हो ।
मुच्चोक गाविसमा गठीत मुच्चोक बाल क्लब संजालका अध्यक्ष किन बहादुर गुरुङ्को अध्यक्षता तथा मुच्चोक गाविसका गाविस सचिव ईश्वरी प्रसाद गौतमको प्रमुख आतिथ्यता तथा महिला तथा बालबालिका कार्यालय गोरखाका निरीक्षक राजु प्रसाद मरासिनीको विशेष आतिथ्यतामा भएको सो कार्यक्रमको सहजिकरण गाविसका सामाजिक परिचालक सुक बहादुर नेपालीले गर्नु भएको थियो ।
गाउँ बाल संरक्षण समितिका संयोजक गङ्गाधर औंगाइले स्वागत मन्तव्य राख्नु भएको सो कार्यक्रममा प्रमुख अतिथी ,विशेष अतिथि, गाउँ बाल संरक्षण समितिका सदस्य वासुदेव देवकोटा, चतुर्माला उमावि का सहायक प्राचार्य कालिका प्रसाद अधिकारी, शिक्षकहरु तेजकान्त धिताल, धनन्जय अधिकारी, सोवित ढकाल, शर्मिला लामिछाने, विद्यार्थी हरिबिक्रम पोखरेल, रोहन नेपाली, षड्कुमारी बडू, सलिना देवकोटा लगायतले मन्तव्य राख्नु भएको उक्त कार्यक्रमको दोस्रो सत्रमा प्रशिक्षक राजु प्रसाद मरासिनीले बाल अधिकार, कर्तव्य, तथा वाल सचेतनाका विषयमा तीन दिन सम्म प्रशिक्षण गर्नु भएको थियो ।
मुच्चोक गाविस भरका विद्यालयमा गठन भएका बाल क्लब तथा नौ वटै वडामा टोल टोलमा गठन भएका बाल क्लबका प्रतिनिधिहरु, संरक्षक शिक्षकहरु, अभिभावक अन्य विद्यार्थीहरुको उपस्थिति रहेको उक्त प्रशिक्षण कार्यक्रमको बीच बीचमा भएको मनोरञ्जनकार्यक्रमले भुकम पछिको बालबालिकामा परेको मनोबैज्ञानिक त्रास लाई कम गर्न सहयोग मिलेको थियो ।
अधिकार र अधिकार प्राप्तिका लागी निभाउनु पर्ने कर्तव्य तथा बालबालिकको बाच्न पाउने अधिकार , संरक्षणको अधिकार, विकासको अधिकार, बाल सहभागीताको तथा सूचनाको अधिकार तथा पारदर्शीता जस्ता सवालमा प्रशिक्षण भएको थियो । उपस्थितहरुले यस्ता प्रकारका कार्यक्रमहरु समय समयमा भइ रहनु पर्ने अपेक्षा राखेका छन् ।