गाेरखा- जिल्लामा रहेर लामो समय पत्रकारीतामा विताएका राजेन्द्र न्यौपानेले प्रेस सेन्टर नेपालको एकताको प्रथम महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने भएका छन् ।
संविधान सभाको पहिलो र दोश्रो निर्वाचनमा गोरखा जिल्लाका तिनवटै निर्वाचन क्षेत्रमा निर्वाचन जिताउनका लागि अहोरात्रको खटाई र डिफेन्सीभ र डिप्लोम्याटिक पत्रकारिताका माहिर खेलाडी न्यौपानेले आफूले केन्द्रमा रहेर काम गर्नुपर्ने अवस्था आएको बताउँछन् ।
गोरखाबाट निर्वाचन जितेर कैयन नेताहरु बालुवाटार प्रवेश गर्दा, मन्त्री बन्दा पनि न्यौपानेले अहिले सम्म कुनै पदमा सुविधा मात्रै लिएका छैनन् खेत बेचेर समेत पत्रिका प्रकाशन गरेका छन् । देशै भरी तत्कालिन एमाओवादीले दोश्रो निर्वाचनमा हार व्यहोरेर निराश भएका बेला न्यौपानेको अगुवाईमा गोरखामा रेडियो मातृभूमि ९८.२ मेगाहर्जको स्थापना समेत भएको थियो ।
हाल आफ्नै भवनमा रहेको रेडियो साथिहरुको जिम्मा लगाएर नयाँ भूमिकामा न्यौपाने सक्रिय देखिँदै आएका छन् । भविष्यमा प्रेस सेन्टर नेपालको अध्यक्ष हुने लक्ष्यका साथ अघि बढेका न्यौपाने हिजोका योगदान, आजको भूमिका र भोलिका सम्भावनालाई एकसाथ गर्दै सहित नेतृत्व चयन हुनुपर्ने बताउँछन् ।
गोरखा जिल्लालाई गोरखा बनाई राख्न चानचुने लडाई नपरेको बताउँने न्यौपाने पत्रकारिता एउटा समाचारका लागि भन्दा पनि बिचारको लडाई जित्नका लागि गर्नुपर्ने बताउँछन् ।
संघीय राज्य निर्माण पछि पत्रकारिताको भूमिका झनै महत्वूर्ण रहने बताउँदै आएका न्यौपाने अव नयाँ शिराबाट अघि बढ्नुपर्ने बताउँछन् । यसका लागि आफैँबाट कामको थालनी हुने उनले बताए । अडियो, भिडियो, प्रिन्ट मिडियामा दख्खल राख्ने उनी पिडितको पक्षमा डटेर कलम चलाउने पत्रकार हुन् ।
आफ्नो उम्मेदवारी अग्रजको सम्मान, इतिहासको रक्षा र भोलिको पत्रकारिताको विकासमा केन्द्रीत हुने र यसबाट पार्टीले फाईदा लिने न्यौपानेको दावी छ ।
क्रान्तिकारी पत्रकार संघको स्थापना भएदेखि नेतृत्व सम्हाल्दै आएका न्यौपानले हालै मात्र जिल्ला र राज्य तहका पदाधिकारी पद छाडेका हुन् । प्रेस सेन्टर नेपालको केन्द्रीय सदस्य समेत रहेका न्यौपाने देशभरीका पत्रकार माझ लोकप्रिय रहँदै आएका छन् ।