गाेरखा- काठमाडौंबाट असोज १६ गतेदेखि साझाका बसहरु गोरखा सञ्चालन हुन लागेको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेनद्रराज पाण्डेयले जानकारी दिए ।
काठमाडौं-गोरखा रुटमा दैनिक १-१ वटा बसहरु चल्नेछन् । गोरखाको बस भने ७ बजे पुल्चोकबाट छुटेर बालाजु बसपार्क हुँदै ८ बजे गन्तब्यमा जानेछ ।
टिकटका लागि साझाले नयाँ बसपार्क र कलंकीमा काउन्टर राख्ने तयारी छ । टिकटका लागि साझाको हटलाइन १६६००१-७७७७७ वा फोन ०१-५५५२६८६ मा पनि फोन गर्न सकिने पाण्डेयले बताए ।
यी रुटमा अब साझाका नियमित बस चल्नेछन् । यी दबुै रुटमा यातायात व्यवस्था विभागबाट साझाले रुट इजाजत पाइसकेको छ । गोरखाबाट साझाले काठमाडौंमा पनि यात्रु ल्याउनेछ ।
साझाले काठमाडौं महानगरपालिकालाई सेयर दिएर ३० वटा नयाँ बस भित्र्याएको छ । नयाँ थपिएसँगै हाल साझासँग ४६ वटा बसहरु छन् । काठमाडौं भित्र साझाका नयाँ बस चल्ने रुट भने तय भएको छैन ।-अनलाइन खबरबाट