गोरखा- गोरखाको मुच्चोक गाविसमा रहेको भ्याल्ला फाँटबाट ओलाराे हुदै थानिथान–भच्चेक जोड्ने सडक निर्माण कारणय सुरूवात भएको छ । लामो समयदेखि विवादमा परि अवरुद्ध भएको उक्त सडक भ्याल्ला–ओला¨–थानिथान–भच्चेक सडक निर्माण समितिको पहलमा निर्माण भएको हो ।
वि.सं.२०६४ सालको आर्थिक वर्षको नीति तथा कार्यक्रममा रातो कितावमा उल्लेख गरिएको उक्त सडकलाई केहि व्यक्तिहरुको समुहले आ–आफ्नो अनुकुलतामा अन्यत्रवाट मोडी सडक निर्माण गरे पछि लगभग मुच्चोक गाविसका ७३ प्रतिशत जनता यातायातको सुविधावाट बञ्चित भए पछि विसं. २०६९ सालमा करिब ११ लाख रुपैयांको लागतमा हाल काठमाडौं निवासी स्थानीय युवा विष्णु प्रसाद सिमखडाको पहलमा उक्त सडकमा पर्ने डडेलो खोलाको भिरबाट भय«ङ्कर पहराको कटान भए पश्चात उक्त सडक निर्माणको लागि निकास खुलेको थियो ।
तर भ्याल्ला पाखामा सडक पुगे पश्चात पनि विभिन्न अवरोध भएकोले उक्त सडकले निकास पाएको थिएन । हाल पुननिर्माण कार्यलाई मध्यनजर गर्दै सर्वसाधरणको पिरमर्कालाई वुझेर अधिकांस मुच्चोकवासीको सहमतिमा स्थानीय चिरञ्जीवी धितालको अध्यक्षतामा निर्माण समिति गठन गरी सडक निर्माण गरिएको हो ।
करिब ३६ लाख रुपैयांको लागतमा उक्त सडक खनिएको भए पनि आर्थिक स्रोत भने जुट्दै गरेको समितिले जनाएको छ । हाल समितिले आफ्नै स्रोतवाट इन्धन र केही मात्रामा भए पनि अपरेटर खर्च उपलब्ध गराएको तथा स्थानीय गणेश सिमखडाले केही समयका लागि मेसिन उपलब्ध गराएको हुनाले बाटो खन्न सहज भएकोे स्थानीयहरुको भनाइ छ ।
आर्थिक स्रोत भन्दा पनि यस क्षेत्रमा सडक निर्माणको आवश्यकता नै नदेख्ने यहांका केहि ब्यक्ति तथा समुहहरुले विभिन्न बहाना बनाएर सडक निर्माणको क्रममा अबरुद्ध गर्ने काम गरेको, सडक निर्माण गर्दा बाटोमा पर्ने जग्गावालाहरुलाई उचालेर षड्यन्त्र रच्ने, मुद्दा हाल्न लगाउने, नकारात्मक भ्रम फैलाउने तथा आक्रमण गर्ने गरेको पनि यहांका स्थानीयहरुले बताएका छन् ।
यस्ता प्रकारका बाधा अबरोधका विच पनि हाल यहि मंसिर ४ गते सडक निर्माण समिति, यहांका स्थानीय समाजसेवी एवम् नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयका उपसचिव गणेश प्रसाद देवकोटाको पहलमा आफ्नै जग्गाको विचबाट पर्ने गरी आम उपभोक्ताहरुको उपस्थितिमा सर्वसहमतिमा बा¥हकिलो–बारपाक सडक मार्गको मध्यभागमा पर्ने भ्याल्ला बजारकोबीच हुदै मुच्चोक गाविसको मध्यमाग भएर सडक जोडिए पछि यहांका स्थानीयहरुमा हर्षोलास छाएको छ ।
यसै उपलक्ष्यमा आज सडक निर्माण समितिले मुच्चोकको ओलाङ्गमा रहेको ज्ञानज्योति प्राविको प्राङ्गण नजिक सडकमा उद्घाटनको कार्यक्रम गरी गाविसका सवै सरोकारवालाहरुको उपस्थिति गराएर चियापान कार्यक्रम गरी खुशियाली मनाएको छ । सडक निर्माण समितिका बयोबृद्ध सदस्य खिम प्रसाख अम्गाईंको अध्यक्षतामा भएको उक्त कार्यक्रम खेलकुद मञ्त्रालयका उपसचिव गणेश प्रसाद देवकोटाको प्रमुख आतिथ्यता तथा मेड नेपाल, मुच्चोक रिकभरी परियोजनाका संयोजक ओमकार पाण्डेको विशेष आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा अतिथिहरु पूर्व श्रोतव्यक्ति भरत प्रसाद देवकोटा, चतुर्माला उमाविका प्राचार्य बुद्धि बहादुर विक, नेपाली कांग्रेस गाउं पार्टी अध्यक्ष भरतमणी अधिकारी, एमाले प्रतिनिधि क्षेत्र बहादुर मगर, नेकपा माओवादी केन्दका ढलक बहादुर रमतेल, जगदिश अम्गाईं, नेकपा माओवादी क्रान्तिकारीका नेत्र प्रसाद देवकोटा, स्थानीय भोजराज अम्गाईं, सडक निर्माण समितिका अध्यक्ष चिरञ्जीवी धिताल लगायतले मन्तब्य राख्नुभएको उक्त कार्यक्रममा स्थानीय वासुदेव देवकोटाले उपस्थित सवैलाई स्वागत मन्तव्यवाट स्वागत गर्नु भएको थियो ।
गाविसका पूर्व सचिव एवम् सडक निर्माण समितिका सचिव कूल बहादुर गुरुङ्गले सञ्चालन गर्नुभएको सो कार्यक्रममा स्थानीय सडक उपभोक्ताहरुले फुलमाला र अविर एक अर्कालाई लगाएर नाचगान गर्दै रमाइलो गरेका थिए । कार्यक्रममा आउन र जानका लागि सडकको पायक पर्ने सवैलाई जिप र ट्रयाक्टरको समेत व्यवस्था गरिएको थियो । कार्यक्रम शुरुहुनु पूर्व जिप र ट्रयाक्टरबाट सर्वसाधारणहरुले गानबजान गर्दै भ्याल्लादेखि थानिथान राम्चेसम्म परिक्रमा गरेका थिए ।
जग्गाको कारण लामो समयदेखि अल्झेको यो सडक यस पटक भने सहमतिको कारणले वा संयोगले भनौं मुच्चोक गाविसको वडा नंंं.१ मा पर्ने भ्याल्ला फांटमा यस सडकले वडा नंं. ४ का उपभोक्ताहरुको मात्र जग्गा छोएर सडक निर्माण गर्न सफल भएका छन् भने उक्त सडक खन्न आफ्नो जग्गा उपलब्ध गराउन भन्दा मरण घाट नै सार्छौं भन्नेहरु पनि अहिले अचम्मित भएका छन् ।
मुच्चोकमा भएको सडक निर्माणको यस कदमले भुकम्पले थलिएका तथा पुननिर्माण कार्यमा जुट्दै गरेका यस भेगका जनताहरुमा सहज ढंगले निर्माण तथा अन्य सामग्री ढुवानी गर्न तथा अन्य यातायातको साधन प्रयोग गर्न पाउने आशामा अति भन्दा अति हर्षित भएका छन् ।