नवलपरासी- नवलपरासीमा संयुक्त लोक्तान्त्रिक मधेशी मोर्चाले स्थानिय निकाय पुन र्संरचनाको खाका र प्रतिवेदन जलाएको छन् । सत्ता पक्षमा रहेका ठुला पार्टि तथा दलहरुले नेपालको कथित संविधान २०७२ लाई टेक्दै स्थानिय निकाय पुनर्संरचनाको खाका र प्रतिवेदन प्रस्तुत गरेको मधेशी मोर्चा लाई स्वीकार्य नभएको भन्दै सो खाका र प्रतिवेदन जलाईएको मोर्चाले जनाएको छ ।
तमलोपाका जिल्ला अध्यक्ष पुरन चौधरीको अध्यक्ष्तामा संयुक्त लोक्तान्त्रिक मधेशी मोर्चाले गरेको कोण सभालाई सम्बोधन गर्दै चौधरीले स्थानिय निकाय पुन र्संरचनाको खाका र प्रतिवेदन नेपालको संविधान संघिय लोक्तान्त्रिक गणतन्त्रको भवना र मर्म विपरीत भएकोले यो मोर्चा लगायत स्थानिय जनतालाई स्वीकार्य नभएको बताउनु भएको छ ।
केन्द्रको निर्देशन अनुसार आज तराई मधेशको सबै जिल्लाहरुमा स्थानिय निकाय पुनर्संरचनाको खाका र प्रतिवेदन जलाउदै विरोध प्रर्दशन गरीएको चौधरीले बताए । जब सम्म यो देशको संविधान सिमाकंन सहित र परीमार्जन सहितको संविधान संसोधन हुदैन तब सम्म मधेशी मोर्चाको आन्दोलन जारी रहने चौधरीको भनाई थियो ।