गाेरखा– नौबिसे दुर्घटना परि गोरखा जिल्ला घर भएका ७ वर्षिय बालक सुजन थापाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको नौविसे गाविस वडा नं. १ धार्केमा माइक्रोबस दुर्घटनामा बालक थापा सहित अन्य १२ जना घाइते भएका हुन् ।
अन्य घाइतेको काठमाण्डौ स्थित विभिन्न अस्पतालमा उपचार भइरहको प्रहरीले जनाएको छ । घाइते मध्ये गोरखाका सविना थापा, कल्पना गौतम र मुनप्रसाद देवकोटाको ललितपुर स्थित गणेशमान महालक्ष्मी अस्पतालमा उपचार भइरहेको छ ।
काठमाण्डौबाट गोरखा जाँदै गरेको बा २ ख ३७१४ नम्बरको माइक्रोबसले ना ५ ख २९२० नम्बरको ट्रकलाई ओभरटेग गर्न खोज्दा आपसमा ठोक्किएको थियाे । तीव्र गतिमा गुडेको माइक्रोबसले ट्रकलाई ओभरटेग गर्न खोज्दा सोही ट्रकसंग ठोक्किएको हो ।