देश यति बेला स्थानिय तहको निर्वाचन होमिएको छ । देशभर रहेका ६४४ स्थानिय तहमा चुनाव होला की भन्नेमा निश्चित आधार बन्न सकिरहेको छैन् ।
२ चरणमा निर्वाचन गर्ने सरकारको बोलि दिनदिनै फेरिरहेको छ । मधेषी दललाई फकाउने र सत्ता लम्बाउने सरकार गठन्दनको ढाउ छ भने संविधान संसोधन हुन नदिई सरकार कमजोर बनाउने र चुनावी नारा राख्दै रमिता हेर्ने एमालेको दाउ छ ।
देशमा आगामी माघ महिना भित्र ३ चरणको निर्वाचन नगराए संबैधानिक संकट देखीने हुनाले आम राजनैतिक पार्टी चुनावबाट भाग्नु राम्रो होइन् । यसको लागी पहिलो चरणमा गर्ने चुनाव आउन २ सात्ता मात्र बाँकी रहदा गोरखामा पनि चुनावी सरगर्मी बढेको छ ।
चुनावमा आफुलाई टिकट लिन् कोहि शिक्षक पदबाट राजिनामा दिएका छन् त कोहि पार्टी परित्याग गनै थालेका छन् । कोहि आफु स्वतन्त्र पत्रकारका पगरी भिर्ने नेपाल पत्रकार महासंघको अध्यक्षमा पुगेका पनि नेपाली कांग्रेस गोरखा नगरपालिकाको मेयरको टिकट लिन कहिले तिनधारे त कहिले सानेपा धाई रहेका छन् ।
गोरखामा एनजिओ चलाएर अकुत सम्पत्ती कमाएका पनि पार्टीबाट उम्मेरदारी पाउन राम्रै पैसा खर्च गने तयारीमा छन् । कहि नभएको जात्रा हाडीँ गाँउमा भनेझै गोरखामा पनि नयाँ नाटक मन्चन हुन थालेको छ । नेपाल पत्रकार महासंघमा आबद्ध हुन् कुनै राजनैतिक पार्टीमा भएपनि त्यस संस्थामा छिरेपछि बिर्सनु पर्दछ ।
तर गोरखामा नेपाल पत्रकार महासंधका संस्थापक अध्यक्ष समेत रहेका तथा वर्तमान अध्यक्ष नेपाली कांग्रेसको मेयरका टिकट लिन कहिले तिनधारे त कहिले सानेपा धाउन थालेपछि पत्रकार भन्ने शब्दमा मात्र सिमित बनेको छ ।
स्वतन्त्र पत्रकारको पगरी गुथेका गोरखाका रामै नाम कमाएका पत्रकार महासंघका पदाधिकारीहरु समेत लगेको देखिन्छ । उनको मेयरको उम्मेरदारी सँगसगै स्वतन्त्र रुपमा गोखार्ली भुकम्प पिडितको घर पुगि निःपक्ष पत्रकारीतागनुपर्ने व्यत्ति कांग्रेसकाे घोषण पत्र झोलामा बोकी पार्टीको प्रचार प्रसारमा हिडेर के स्वतन्त्र पत्रकारीता होला ? गोरखाली जनताले राम्रो सँग् बुझ्नुपर्ने हुन्छ ।
शिक्षकहरू पेशामा रहेकाले निर्वाचनमा लड्न पेशाबाट राजीनामा दिनुपर्ने तर पत्रकार पार्टीबाट चुनाव लड्न चाँही पेशाबाट राजीनामा दिनु पर्ने की नपन ? पत्रकारीता पेशा यस्तै कुःकर्मले धमलिएरै गएको छ । यसमा नेपाल पत्रकार महासंघ गोरखाको ध्यान जानु उचित होला नत्र पत्रकार महासंघ मात्रै पार्टीको भजन गराउने, पार्टीको घोषण पत्र प्रकाशित गर्ने काम गर्दा उपयुक्त होला ।
नेपाली काग्रेस गोरखा नगरपालिकाको मेयरको टिकटका लागि ६ जनाको उम्मेरदारी परेका मध्ये एक नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्षले किट पाएर मेयर बने भने गोरखाको पत्रकारीता कस्तो होला ! गोरखाली स्वतन्त्र पत्रकारहरुले यसलाई कसरी लिएका छन् ? जिल्ला समितिले यसको निर्णय गर्न नसकदा केन्द्रमा पुगेको यो विावदमा रहेका पात्र मध्ये पत्रकार पार्टीमा मुछिनु राम्रो होईन ।
राजनिति नै गरै भौगयो नी किन पत्रकारीता गनुप¥यो ? पत्रकारीता पेशासँग अलवा धेरै विकल्प हुदाँ हुदै पार्टीमा नाम जोडेर निर्वाचनको उम्मेरदारी दिनुले गोरखाको पत्रकारीतामा नकारात्मक सन्देश गएकाे नै बौद्धिक सचेत, नागरिक, पत्रकारसँग आबद्ध संघ संस्थाको ध्यान गएको छ ।