गाेरखा- गोरखाका ११ वटै स्थानीय तहको मतगणना सम्पन्न भएको छ । २ नगरपालिका र ९ गाउँपालिका रहेको गोरखामा ११ वटा स्थानिय तह रहेका छन् । ९ वटा स्थानिय तहमा नेपाली कांग्रेस बिजयी भएको छ, भने माओवादी केन्द्रले २ वटा स्थानिय तहमा विजयी भएको छ ।
जिल्लामा रहेका नेकपा एमाले, राप्रपा, नयाँ शत्ती पाटी नेपाल तथा परिवार दल लगाउतका साना दलले गाउँपालिकामा आफ्नाे अस्तित्व बचाउन सकेन् । एमालेले गाेरखा नगरपालिका, पालुङटार नगरपालिका, शहिद लखन र आरूघाट गाउँपालिकामा केहि वडामा जिते पनि सन्ताेषजनक जित नभएकाे जिल्ला स्तरका नेताहरू बताउछन् ।
गोरखाका दुवै नगरपालीकामा कांग्रेसले जित हासिल गरको छ । सबै भन्दा धेरै मतदाता रहेको गोरखा नगरपालिका र पालुङटार नगरपालिकामा जित हासील गरेको हो ।
कांग्रेसले अजिरकोट सिरानचोक, गण्डकी, चुमनुव्री, धार्चे,आरुघाट र भिमसेन गाउँपालिकामा जित हासिल हो । उता माओवादी केन्द्रले भने सुलिकोट गाउँपालिका र शहिद लखन गाउँपालिकामा केन्द्रले जित हासिल गरेको हो ।
नेपाली कांग्रेस विजयी भएका स्थानीय तहहरु
गोरखा नगरपालिकाको मेयरमा कांग्रेसका राजनराज पन्त ६ हजार ५६० मत ल्याई विजयी भएका छन् । उनका निकटम प्रतिद्धन्द्धी माओवादीका कृष्ण रानाले ५ हजार ०२६ मत ल्याएका छन् । उपमेयरमा कांग्रेसकी विना श्रेष्ठले ६ हजार २६० मत प्राप्त गरी विजयी भईन् भने एमालेकी सम्झना देवकोटाले ४ हजार ७०५ मत लाएर पाराजित भइन् । नगरपालिकामा २७ हजार ५०६ मतदाता रहेका थिए।
पालुङटाकाे मेयरमा कांग्रेसका दिपक वावु कडेल ४ हजार ६९८ मत ल्याएर निर्वािचत भए । उनका निकटम प्रतिद्धन्द्धी माओवादी केन्द्रका विवश चिन्तनले ४ हजार ४९१ मत ल्याएर पराजित भए । उपप्रमुखमा माओवादी केन्द्रकी पम्फा बसेलले ४ हजार ४९४ मत ल्याएर निर्वाचित भईन भने कांग्रेसकी चेतकुमारी श्रेष्ठले ४ हजार १९६ मत ल्याएकी थिईन् । पालुङटारमा २५ हजार ७३० मतदाता रहेका थिए ।
अजिरकोट गाउँपालिकामा प्रमुखमा कांग्रेसका फणिन्द्र धिताल ३ हजार ३० मत ल्याएर निर्वािचत भए । उनका निकटम प्रतिद्धन्द्धी माओवादी केन्द्रका दीपक देवकोटाले २ हजार ६०२ मत ल्याएका थिए । उपप्रमुखमा कांग्रेसकी चन्द्रमाया गुरुङ ३ हजार ०३३ मत ल्याएर निर्वाचित भईन भने माओवादी केन्द्रकी अनिता भुजेलले २ हजार ६४२ मत ल्याएकी थिईन् । अजिरकोटमा ९ हजार ९३८ मतदाता थिए ।
आरुघाट गाउँपालिकाको प्रमुखमा कांग्रेसका पूर्ण दाहाल ३ हजार ४७६ मतका साथ निर्वाचित भए । उनका निकटम प्रतिद्धन्द्धी एमालेका बकबहादुर लामा ३ हजार ०६४ मत ल्याए । उपप्रमुखमा कांग्रेसकी कल्पना नेपालीले ३ हजार ६०९ मत निर्वािचत भएकी छिन् । एमालेकी मीना बरामले ३ हजार ०३७ मत ल्याएकी थिईन् । आरुघाटमा मतदाता १४ हजार ४२२ मतदाता रहेका थिए ।
गण्डकी गाउँपालिकाकाे प्रमुखमा कांग्रेसका होमबहादुर राना ४ हजार १३१ मतका साथ विजयी निर्वाचित भए । उनका निकटम प्रतिद्धन्द्धी माओवादी केन्द्रका दीपक तिमल्सिनाले ३ हजार ८९७ मत ल्याए । उपप्रमुखमा भने कांग्रेसकी ललिता अधिकारी ४ हजार १०० मतका साथ विजयी भएकी हुन् । उपप्रमुखमा माओवादी केन्द्रकी पूर्णा थापा ३ हजार ९२५ मत ल्याएकी थिईन् । गण्डकी गाउँपालिकामा कुल १४ हजार ५७ मतदाता रहेका थिए ।
चुमनुव्री गाउँपालिकाकाे प्रमुखमा कांग्रेसका धनबहादुर गुरुङ १ हजार २५३ मतका साथ विजयी भएका छन् । उनका निकटम प्रतिद्धन्द्धी माओवादी केन्द्रका लाक्पा डुन्डुप लामाले १ हजार १८५ मत ल्याए । उपप्रमुखमा माओवादी केन्द्रकी कुमारी गुरुङ १ हजार २८५ मतका साथ निर्वाचित भएइन् । कांग्रेसका छेपाङ लामा ९८८ मत ल्याएकी थिईन् । चुमनुव्रीमा कुल ३ हजार ८६९ मतदाता रहेका छन् ।
सिरानचोक गाउँपालिकामा कांग्रेसका राजु गुरुङ ३ हजार ४०२ मतका साथ प्रमुखमा विजयी भए । उनका निकटम प्रतिद्धन्द्धी माओवादी केन्द्रका नवराज पुडासैनीले ३ हजार २३५ मत ल्याएका थिए । उपप्रमुखमा भने नेपाली कांग्रेसकी रीता देवकोटाले ३ हजार ४११ मका साथ विजयी भएकी हुन् । माओवादी केन्द्रकी दिपा गुरुङले ३ हजार २६६ मत पाएकी थिईन् । सिरानचोकमा १६ हजार १७३ कुल मतदाता रहेका थिए ।
भिमसेन गाउँपालिका प्रमुखमा कांग्रेसका ईश्वर पाण्डे ३ हजार ९४३ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्धन्द्धी माओवादी केन्द्रका लोकप्रसाद बन्जरा २ हजार ९८४ मत ल्याएका थिए । उपप्रमुखमा कांग्रेसकी विनु वाग्ले ३ हजार ९८३ मतका साथ विजयी भएकी थिइन् भन् माओवादी केन्द्रकी लीला श्रेष्ठ ३ हजार २०२ मत ल्याएकी छिन् । भिमसेन गाउँपालिकामा कुल १५ हजार ०१३ मतदाता रहेका थिए ।
माओवादी केन्द्र विजयी भएका स्थानिय तहहरु
सुलीकोट गाउँपालिकामा प्रमुखमा माओवादी केन्द्रका विष्णु भट्टले ४ हजार ६५९ मत विजयी भए । उनका निकटम प्रतिद्धन्द्धी कांग्रेसका इन्द्रकुमार गुरुद्धले ३ हजार ०२२ मत प्राप्त गरेका छन् । उपप्रमुखमा पनि माओवादी केन्द्रकी सनमाया गुरुङ ४ हजार ५०१ मतका साथ विजयी भएकी छिन् । कांग्रेसकी जनककुमारी कोइरालाले ३ हजार ४२ मत ल्याएकी थिईन् । सुलीकोटमा १५ हजार ९५६ मतदाता रहेका थिए ।
शहिद लखन गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रका रमेश थापा ३ हजार ८०८ मतका साथ विजयी भए । उनका निकटम प्रतिद्धन्द्धी कांग्रेसका कृष्ण आलले ३ हजार ४०३ पराजित भए । उपप्रमुखमा पनि माओवादी केन्द्रकी इन्दिरा तिवारीले ३ हजार ७९८ मतका साथ विजयी भएकी हुन् । कांग्रेसकी शर्मिला श्रेष्ठले ३ हजार५७५ मत ल्याएकी थिईन् भने १८ हजार ५०७ मतदाता रहेका थिए ।