गोरखा– गोरखा-२ मा प्रतिनिधि सभाका लागि नेपाली कांग्रेस र नयाँ शक्ति पाटीका साझा उम्मेदवार डा. बाबुराम भट्टराईले विकास र सम्बुद्वी नै अब हाम्रो मुख्य एजेन्डा भएको बताएका छन् । गोरखा क्षेत्र–२ को मनोनयन दर्ता गर्न जिल्ला समन्वयन समितिमा मनोनयन पछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै भट्टराई ले यस्तो बताएका हुन् ।
अहिलेको अवस्था एउटा दललाई मात्रै बहुमत मिल्ने अवस्था न्यून हुन्छ भन्दै उनले भने ’यस्तो अवस्थामा बहुमत आउने सम्भावना कम हुन्छ । त्यसैले बिचार मिल्ने शक्तिहरू आपसमा मिलेर चुनाव अघि नै समझदारी बनायो भने देशमा राजनीतिक स्थिरता कार्यम हुन्छ’ ।
देशको आँखा गोरखा–२ का रहेको भन्दै भट्टराई ले जनताले हामीलाई अत्यधिक मतका साथ विजयी गराउनेमा आशावादी रहेका छन् ।
गोरखामा माओवादी एमालेको संगठन बलियो रहेको, राष्ट्रिय स्वाधीनताको रक्षा, संविधान कार्यान्वयन तथा परिमार्जन र शान्तिपूर्ण प्रतिस्पर्धाबाट सामाजिक न्यायसहितको संवृद्ध मुलुक बनाएर समाजवादतर्फ उन्मुख हुने वाम गठबन्धनको लक्ष्य रहेकाले जनताले विश्वास गर्ने धेरै आधार रहेको बाम गठबन्धनका उम्मेदवार नारायण काजी श्रेष्ठले बताए ।
गोरखा क्षेत्र न १ मा नेपाली कांग्रेसका चीनकाजी श्रेष्ठले प्रतिनिधि सभाका आफ्नो उम्मेदवारी दिएका छन् । श्रेष्ठको प्रस्तावक लक्ष्मण गुरुङ र जगनाथ खनालको समर्थनमा उनले उम्मेदवारी दिएका हुन् ।
गोरखा १ (क) मा नेपाली कांग्रेसका धिरन थापा राजनराज पन्थको प्रस्तावक र गोपाल बहादुर बन्जाराको समर्थकमा र गोरखा (ख) मा कांग्रेसकै राजेन्द्र बजगाईँ ईश्वर पाण्डेको समर्थकमा र प्रस्तावकमा रोहिणी प्रसाद पाण्डे रहेका छन् ।
त्यही निर्वाचन क्षेत्रको प्रदेश (क) मा नयाँ शक्तिका हरिशरण आचार्यले प्रदेशसभाका लागि उम्मेदवारी दर्ता गराएका छन्। आचार्यको प्रस्तावकमा नयाँ शक्तिका ज्ञानेन्द्र कुमाल र समर्थकमा सरोज देवकोटा रहेका छन्।
यस्तै गोरखाकै क्षेत्र नम्बरमा २ को प्रदेश (ख) मा कांग्रेसका प्रकाशचन्द्र दवाडीले उम्मेदवारी दर्ता गराएका छन्। उनको प्रस्तावकमा कांग्रेसका गोविन्द गुरुङ र समर्थकमा नयाँ शक्तिका चित्र गुरुङ रहेका छन्।
यस्तै माओवादीबाट प्रदेशसभा (क) मा कमला नहर्कीको उम्मेदवारी परेको छ । उनको प्रस्तावकमा माओवादीका राजकुमार कोइराला र समर्थकमा एमालेका प्रकाश न्यौपाने रहेका छन्। यस्तै प्रदेशमा (ख) मा माओवादीकै अमर तमुले उम्मेदवारी दर्ता गराएका छन्।
उनको प्रस्तावमा माओवादीका धामी बराम र समर्थकमा एमालेका देवराज श्रेष्ठ रहेका थिए। गोरखा क्षेत्र न २ मा नयाँ शक्ति पार्टीका संयोजक समेत रहेका डा. बाबुराम भट्टराईले प्रतिनिधि सभा तर्फ उम्मेदवारी दिएका हुन् । उनको
प्रस्तावकमा रमेश पोखरेल र समर्थकमा हरि घले रहेका छन् । गोरखा २ को (क) मा नयाँ शक्तिका हरीशरण आचार्य ज्ञानेन्द्र कुमालको प्रस्तावकमा र सरोज देवकोटाको समर्थनमा उम्मेदवारी बनेका छन् ।
यस्तै प्रदेशसभाका लागि गोरखा क्षेत्र १ को प्रदेश ‘क’ मा कांग्रेसबाट धीरन थापा उम्मेदवारी दिएका छन्। उनलाई कांग्रेसका राजन पन्तले प्रस्तावक र नयाँ शक्तिका गोपाल बाबु श्रेष्ठ समर्थन गरेका छन्।
प्रदेश ‘ख’ मा काग्रेसका राजेन्द्र बजगाईँले उम्मेदवारी दिएका छन्। उनको उम्मेदवारीमा कांग्रेसका ईश्वर पाण्डे प्रस्तावकमा बसेका छन् भने नयाँ शक्तिका रोहिणीप्रसाद पाण्डे समर्थकमा बसेका छन्।
त्यस्तै क्षेत्र नम्बर एककै प्रदेश (क) मा माओवादीका लेख बहादुर थापाको उम्मेदवारी दर्ता गराएका छन्। उनको प्रस्तावकमा माओवादीका गोवर्द्धन श्रेष्ठ र समर्थकमा एमाले सम्झना देवकोटा रहेका छन्।
त्यस्तै प्रदेश नम्बर (ख) मा नेकपा एमालेका तर्फबाट रामशरण बस्नेतले प्रदेश सभाका लागि उम्मेदवारी दर्ता गराएका छन्। उनको प्रस्तावमा एमालेका कृष्ण नेपाली र समर्थकमा माओवादीका जगन्नाथ खनाल रहेका छन् ।