गोरखा- नयाँ शक्ती पाटीका संयोजक तथा पुर्व प्रधानमन्त्रि डा. बाबुराम भट्टराईले संबिधान कार्यन्वयनका लागि आफुलाई जिताउन मतदातालाई आग्रह गरेका छन् ।
सिरानचोक गाउँपालिकाको थालाजुङमा भएको चुनावी सभालाई सम्बोधन गर्दै भट्टराईले यस्तो बताएका हुन् ।
उनी अहिले चुनावी प्रचार प्रसारका लागि गोरखा–२ का बिभिन्न क्षेत्रहरूमा छन् । गोरखा २ बिशेष गरी नेपालमा मात्रे होइन अन्तराष्ट्रिय रूपमा चर्चाको बिषय भएको भन्दै उनले भने ’नेपालमा मात्रै चासो रहेन, यो निर्वाचन अन्तराष्ट्रिय रूपमा नै चर्चा र चासो रहेको छ ।
उनले विगतका कमि कमजोरीलाइ बिपक्षी पाटीले प्रचारको मसाला बनाएको भन्दै अरूलाइ तुच्छ र तल्लो स्तरमा गिरोर गालि तथा गलौज नगर्न आग्रह गरे ।
विगतमा हामी एक आपसमा लडेका थियौ, त्यो हाम्रो रिसिविको कारण होइन, त्यो स्थिति उत्पन्न भएको थियो । ०४६/०४७ सालमा पनि पश्चायति व्यबस्था बिरूद्व नेपाली कांग्रेस आफै लडेका थियौ भन्दै बावुरामले भने ’ तत्कालिन समयमा नेपाली कांग्रेस, नेकपा एमाले, माओावादी मिलेर राज्य सत्ता फालेका थियौ ।
संविधान कार्यन्वयनका साथै संस्थागत उपलव्धि हुदैन, नेपाललाई विकास र समुद्वीको बाटोमा लैजान सकिन, त्यती बेलासम्म १२ बुदे सामझदारी दल देखी यताका सहयात्री दलहरू मिलेर अगि बढ्नु पर्ने उनको तर्क थियो ।
संविधान सभाको प्रहिलो निर्वाचनमा संविधान बनाउने हाम्रो मुख्य मुद्वा थियो, अहिले हाम्रो त्यो मुद्वा फेरिएको छ भन्दै उनले भने तपाइहरूले हिजो संविधान निर्माण गर्न मलाइ जिताएर पठाउनु भयो, आज त्यहि संविधान कार्यन्वयन गर्न, गरीवि, बेरोजगारी, बैज्ञानिक शिक्षा , व्यबस्थीत र दिर्धकालिन खानेपानी, स्वस्थ्य, ठुला करकारखाना सञ्चालन गर्न बिद्युतको आबश्यकता रहेको उनको उनको बुझाइ रहेको छ ।
गाँउ गाँउमा बिकास र समुद्वि कसरी ल्याउने अहिले हाम्रो मुख्य एजेन्डा रहेको छ । अर्थमन्त्रि हुदाँ गोरखाका ग्रामिण सडकहरू निर्माणमा बिशेष पहल गरी सडक निर्माण गरेको समेत उनले दावि गरेका छन् ।
म अर्थमन्त्री र प्रधानमन्त्री हुदाँ बाँकि रहेका बिकासका कामलाई पुरा गर्न पनि मैल्ले गोरखा २ बाट उम्मेदवारी दिएको समेत बताएका छन् । नेपाली कांग्रेस र नयाँ शक्ती पाटीको सुयुत चुनावी प्रचार प्रसारका लागि भट्टराई सहित नेपाली कांग्रेसका क्षेत्रिय सभापति गोविन्द्र गुरूङ लगाएतले सभालाई सम्बोधन गरेका थिए ।