गोरखा- नेकपा माओबादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गोर्खाली जनतालाई भेडा बाख्रा जस्तो नठान्न डा. बाबुराम भट्टराईलाई चेतावनी दिएका छन् ।
चुनावी अभियानका क्रममा शुक्रबार गोरखाको पालुङटार नगरपालिका वडा नम्बर १ को पाउरोटी भण्डारमा आयोजित मतदाता भेटघाट कार्यक्रममा बोल्दै प्रतिनिधि सभा गोरखा क्षेत्र क्षेत्र १ का उमेद्वार समेत रहेका उनले यस्तो बताएका हुन् ।
उनले भट्टराई अबसरबाद, बिक्रित र व्यक्तिबादी भएको भन्दै गोर्खाली जनतालाई पटक पटक धोका दिएको आरोप लगाएका छन् । उनले भने ‘अहिलेको निर्वाचनमा गोरखामा अबसरबादी र प्रगतीशल प्रबृद्धिको भइरहेको भन्दै प्रगतीशिलहरुको नेतृत्व बामपन्थी गठबन्धनले गरेकाले निर्वाचनमा बामपन्थीहरुलाई मतदान गर्न’ मतदाताहरुलाई आग्रह गरे ।
देशको बिकास र सम्बद्धीको नेतृत्व बामपन्थी गठबन्धनले गरेको भन्दै श्रेष्ठले बिकास निर्माण चाहाने गोरर्खाली जनताले फेरी बाबुराम भट्टाराई बिश्वास नगर्ने जिकिर गरे ।
बारपाकमा पुगेर डा बावुराम भट्टराईले हिजो नारायणकाजी श्रेष्ठलाई भनेका थिए ‘नारायणकाजी श्रेष्ठ माओवादी नै नभएको आरोप लागाएका थिए ।
गोरखाको सुलीकोट गाउँपालिका–१ बारपाकको चुनावीसभालाई सम्बोधन गर्दै भट्टराईले भनेका थिए, ‘श्रेष्ठ माओवादीमा कहिले आउनु भयो ? वहाँ जनयुद्वको प्रक्रियामै हुनुहुन्थेन, उहाँ त माओवादी नै होइन । त्यसैले बाहिरको साथी किन अहिले खोल ओडेर आइरहनु भएको छ । मैले बुझेको छैन ।’
उनले (बावुराम) अहिलेको निर्वाचन सहिदको सपना पूरा गर्न र समुन्नत नेपालको निर्माणको गर्न हुन लागेको भन्दै माओबादीले बसालेको समावेशी लोकतन्त्रको जगमा अहिले नेपालका राजनीतिक दलहरु उभिएक बताए ।
श्रेष्ठले देशमा राजनीतिक परिवर्तन संगै अब आर्थिक परिवर्तन आबश्यक रहेकाले बामपन्थी गठबन्धनबाट मात्र त्यो सम्भव भएको बताए । उनल भने ‘अहिलेको बिकास राजधानी केन्द्रित रहेको छ, अबको गाउँ केन्द्रित, जनता केन्द्रित हुनुपर्छ ।’