गोरखा– निर्वाचन प्रसार प्रचारका लागि नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईँ हेलिकप्टर चार्टर गरी उत्तरी गोरखाको सामागाउँमा पुगेका छन् ।
गोरखा निर्वाचन क्षेत्र न १ (ख) का उम्मेदवार समेत रहेका बजगाईँ २ वटा हेलिकप्टर चार्टर गरी उत्तरी गोरखाको सामागाउँमा पुगेका हुन् । उनी आज बिहान करिब ९ बजे समागाउँ पुगेका थिए ।
निर्वाचन प्रचार प्रसारका लागी उनी सहित समानुपातिक सूचिमा नाम रहेका नेपाली कांग्रेसका गोरखाका पाटी जिल्ला सभापति हरि बहादुर घले, चुम्नुव्री गाउँपालिकाका गाउँपालिका अध्यक्ष धन बहादुर गुरुङ र जिल्ला समन्वय समितिका सदस्य छ्याव घ्याल्जेन लामा सहित ७ जनाको टोली सहित उनी २ वटा अल्टाच्युट हेलिकप्टरमा समागाउँ पुगेका हुन् ।
गोरखाका करिब ४४ प्रतिशत भू-भाग रहेको उत्तरी गोरखामा पैदल जान असम्भव हुन्छ । त्यसैले हेलिकप्टर प्रयोग गरेको हुनुपर्छ , निर्वाचन कार्यालयका एक कर्मचारीले भने । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका, धार्चे गाउँपालिका, आरूघाट गाउँपालिका र भीमसेन गाउँपालिका निर्वाचन क्षेत्र न १ को (ख) मा पर्छ ।
यो पनि :
आचार संहिताको धज्जी उडाउँदै बजगाईँ, हेलिकप्टर चार्टर गरी उत्तरी गोरखामा
नेपाली कांग्रेस निकटका एक नेताका अनुसार उनले निर्वाचन आयोगसँग अनुमति मागेर समागाउँ पुगेका हुन् । उनीहरूलाई त्यहाँ छोडेपछि हेलिकप्टर फर्किएको छ । तर जिल्ला निर्वाचन कार्यालय गोरखाका निर्वाचन अधिकृत नारायण सापकोटाका अनुसार जिल्ला निर्वाचन कार्यालय गोरखासँग भने अहिलेसम्म अनुमति मागिएको छैन ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय गोरखासँग अहिलेसम्म अनुमति मागिएको कुनै जानकारी आएको छैन, यो निर्वाचन आयोगबाट मात्र अनुमति लिन सकिन्छ, जिल्लाबाट अनुमति दिन सकिन्न, उनले भने । यसै बिच निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालसँग यसबारे बुझ्न सम्पर्क गर्न खोज्दा उनको सम्पर्क हुन सकेन ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय गोरखाले नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)को उजुरीका आधारमा बजगाईँले हेलिकप्टर प्रयोग गरी सामागाउँ पुगेको हो कि होइन भन चिठी लेखेको छ । कार्यालयका निर्वाचन अनुगमन अधिकृत डिल्लीप्रसाद श्रेष्ठद्वारा हस्ताक्षर पत्रमा बाम गठबन्धनका दुवै दललाई प्रमाण पेस गर्न पत्र पठाएको हो ।
काठमाडौँबाट उत्तरी गोरखामा हेलिकप्टर चार्टर गर्न कम्तीमा १ लाख ५० हजार देखि माथि खर्च हुन्छ । निर्वाचन कार्यालयले प्रति व्यक्ति ९० हजारसम्म खर्च गर्न सक्ने भनी निर्वाचन आचार सहिँता लागु गरेको थियो ।
गोरखाका राजनीतिक दलहरू बिचमा भएको निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्ने सहमति भएको थियो । मुख्य निर्वास अधिकृत वसन्तराज पौडेलका अनुसार कुनै पनि राजनीतिक दलले हेलिकप्टर प्रयोग गर्दा जिल्ला सुरक्षा समितिलाई जानकारी गराएर मात्र जान पाइन्छ ।