गाेरखा- सयुक्त बामगठबन्धन गोरखाले आज गोरखा बजारमा पत्रकार सम्मेलन गरी प्रहरीको दादागिरी नदेखाउन प्रशासनलाई चेतावनी दिएको छ ।
माओवादी केन्द्रका गोरखा इन्चार्ज समेत रहेका बाम गठबन्धन गोरखाका संयोजक चुडामणी खड्काले गाउँपालिका केन्द्रको विवादमा अनावश्यक मुद्दा लगाउने प्रयास गरिएको भन्दै प्रहरी प्रशासनका प्रमुखको कदम गलत रहेको आरोप लगाएका छन् ।
आइतवार जिल्लाको भिमसेन गाउँपालिकाको कार्यपालिका स्तरको बैठकले गाउँपालिकाको केन्द्र वगुवाबाट ध्याम्पेशाल सार्ने निर्णय गरेको थियो । कार्यपालिकाको बुहमत सदस्यले गाउँपालिकाको केन्द्र सार्ने निर्णय गरेको थियो ।
निर्वाचन आचार संहितालाई नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले पुर्णरुपमा पालना नगरेको भन्दै उनले भने भिमसेन गाउँपालिका र जिल्लाकै चुमनुव्री गाउँपालिकाको भएको भटनाले निर्वाचनको धज्जी उडाएको आरोप लगाए ।
‘भिमसेनमा हाम्रा साथीहरु माथी हातहतियार सहित कार्यपालिकाको बैठक बसेको स्थानमा आक्रम गर्ने, उता चुमनुव्रीमा काठमाडौँबाट हेलिकप्टर चार्टर गरी निर्वाचन आचार संहिता उल्घगन गरी विभिन्न स्थानमा प्रचार प्रसार गरि आर्थीक कारोबार समेत गर्ने नेपाली कांग्रेस गोरखाले आगामी मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनमा हारको अनुभुति गरीसकेको छ । त्यही भएर यस्ता हर्कतहरु गरिरहेको’, उनले भने ।
गोरखाको निर्वाचन गोरखाली माझ मात्र ध्यान केन्द्रित नभएको भन्दै उनले भने ‘गोरखाको निर्वाचन गोरखाको मात्र ध्यान केन्द्रित रहेन यो बिश्वको ध्यान केन्द्रित छ । गोरखा २ मा हेभिवट नेताहरु नाराणकाजी श्रेष्ठ र बावुराम भट्टराई चुनावी मैदानमा रहेका छन् ।’
राजनितिक पार्टीहरु निर्वाचनाट पराजितको अबस्थामा आएपछि निर्वाचन भाड्न नेपाली कांग्रेस क्रियाशिल रहेको आरापे समेत उनले लगाए । ‘निर्वाचन गराउनुको विकल्प छैन । हामी हिजो पनि लडेर आएका हौ, आज पनि निर्वाचन सम्पन्न गर्नका लागि हामी जुनसुकै लडाँइ लड्न तयार छौ । अझै हाम्रो धोका पुरा भएको छैन ।’