गोरखा- नेकपा माओबादी केन्द्रका नेता हरिराज अधिकारीले अबको १० बर्षपछि नेपालमा कम्युनिष्टको अर्को पार्टी नहुने बताएका छन् ।
गोरखा क्षेत्र नम्बर १ को प्रतिनिधि सभाको उमेद्वार समेत रहेका अधिकारीले भिमसेन गाउँपालिकामा आयोजित भेलालाई सम्बोधन गर्दै भने ‘आसन्न निर्वाचनमा बामगठबन्धनले बहुमत प्राप्त गर्ने र बहुमत प्राप्त सरकारले देशमा ५ बर्ष भित्रमा बिकासको निर्माणको कामलाई तिव्र रुपमा अगाडी बढाउन छ ।’
नेपालमा कम्युनिष्टहरु बिभिन्न टुक्रामा बिभाजित हुदा त्यसको फाईदा काग्रेसले लिएको भन्दै कहिले माओबादी त कहिले एमालेलाई फकाएर काग्रेसले सत्ता टिकाउने गरेको छ ।
यस अघिका अधिकासं सरकार ८/९ महिने सम्झौताको सरकार बन्ने गरेकाले देशको बिकास अघि बढ्न नसकेको भन्दै उनले भने ‘अब निर्वाचन पछि बामपन्थीहरुको बहुमत प्राप्त सरकार बन्ने भएकोले नेपाली जनतको बिकासको सपना पुरा हुन्छ ।’
माओबादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले जनताको भावना र चाहानालाई बुझेर काम गरेको समेत उनको बुझाई छ । सहिदको सपनालाई कहिल्यै नभुल्ने भन्दै निर्वाचित भएपछि पनि फरक बाटोबाट भएपनि सहिदको सपना पुरा गर्न तर्फ लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
पैसा बाडेर चुनाव जित्ने सपना नदेख्नु
गोरखा क्षेत्र नम्बर १ मा काग्रेसका उमेद्वारहरु निर्वाचन आचारसंहिताको ठाडो उल्लधन गर्दै हेलिकप्टर चढेर पैसा बाढ्दै हिडदा पनि आयोग मौन बसेको भन्दै कारवाही गर्न माग समेत उनले गरे । नेपाली कांग्रेस अहिले देशलाई प्रतिगमन तर्फ लैजाने खेलमा लागेको भन्दै उनले परिवर्तनको पक्षमा मतदान गर्न जनतालाई आग्रह गरे ।
अहिले नेपाली जनताको ऐतिहासिक आबश्यकता र बिकासको चाहानालाई पूरा गर्न बामगठबन्धन बनेको भन्दै अबको निर्वाचन देशको आर्थिक सम्बृद्धिका लागि हुने बताए ।
बितेको १० बर्ष जनताको अधिकार लेख्दैमा बितेकाले अब हुने निर्वाचन पछि भने देशको बिकासले गति लिन्छ ।
उनले भने ‘अहिलेको निर्वाचन न्याय र अन्याय बिचको निर्वाचन हो, यो निर्वाचनमा न्यायको नेतृत्व बामगठबन्धनले गरेको छ भने अन्यायको नेतृत्व काग्रेसले गरेको छ अब न्यायको पक्षमा मतदान गर्नु हुन्छ की अन्यायको पक्षमा त्यो तपाईको हातमा छ ।’
प्राकृतिक स्रोत साधनले भरिपूर्ण भएको गोरखा जिल्लालाई ७ साल देखि सरकारमा बसेको काग्रेसले कुनै बिकास नगरेको भन्दै उनले जे जति बिकास भएका छन् ती कम्युनिष्ठहरु सरकारमा आएपछि भएको दावी समेत गरे । अधिकारी र कांग्रेसका चिनकाजी श्रेष्ठसँग चुनावि मैदानमा छन् ।
बामगठबन्धनको बिजयले मात्र देश निर्माणको खाका कोर्न सक्छ : बस्नेत
निर्वाचन क्षेत्र न १ को प्रदेश सभा ख का उमेद्वार रामशरण बस्नेतले बाम गठबन्धनको बिजयीले मात्र देश निर्माणको खाका कोर्ने बताएका छन् ।
नेकपा एमालेका बैकल्पिक केन्द्रिय सदस्य समेत रहेका बस्नेत बामगठबन्धनले पराजय व्यर्होने हो भने देशको बिकास अबको ५ बर्ष फेरी अबरोध हुने चेतावानी दिए ।
गोरखा भुकम्पले थिलो-थिलो जनताको घर पुर्निर्माणलाई गठबन्धन सरकारले आफ्नो घोषणा पत्रमा उल्लेख गरेको भन्दै निर्वाचनमा बिजय भए सरकारले उपलब्ध गराएको अनुदान बापतको रकममा थप गरी ३ लाखबाट ४ लाख बनाउने आफुहरुको प्रतिबद्धता रहेको समेत आश्वसन दिए ।
‘सरकारले अहिले ३ लाख रुपैया दिएर भुकम्प पिडित जनतालाई पुस भित्र अनिवार्य घर बनाउन भनेको छ । तर त्यो ३ लाखले घर बन्न सक्ने अबस्था छैन’, उनले भने ‘अबको प्रदेश र प्रतिनिधि सभाको निर्वाचन पछि बन्ने बामगठबन्धनको सरकारले अनुदानलाई बढाएर ४ लाख पु¥याउने र ३ लाख निर्रव्याजी रकम उपलब्ध गराउने छ ।’
उम्मेदवार बस्नेतले बामगठबन्धनले राष्ट्रिय स्वाधिनता, बिकास र अग्रगामी परिवर्तनको नेतृत्व गरेको भन्दै सम्पूर्ण देशभक्त काग्रेसलाई पनि गठबन्धनलाई सहयोग गर्न आग्रह गरे ।
अहिले केही व्यक्तिहरु चुनावका बेला गाउँ पसेर मतदाताहरुलाई पैसा र पाखुरा देखाएर तर्साउन शुरु गरेको भन्दै गठबन्धनको बिचारले पैसा र पाखुरालाई पराजित गर्ने चेतावनि समेत दिएका छन् । बस्नेतले बामलोकतान्त्रिक गठबन्धनका उम्मेदवार राजेन्द्र बजगाईसँग प्रस्पिर्दा गर्नुपर्ने छ ।