गोरखा- नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले लोकतन्त्रले जित्न आफु र लोकतान्त्रिक गठबन्धनले जित्नु पर्ने बताएका छन् ।
पालुङटार नगरपालिकामा आयोजित चुनाबी सभामा बोल्दै नेता भट्टराईले बिपक्षी गठबन्धनले मानसिक रुपमा पराजय भइ सकेकाले आफ्नो नाममा भ्रम फिजाउदै हिडेको आरोप लगाए ।
माक्सबादले देशको आर्थिक र सामाजिक बिकास गर्न नसक्ने भन्दै माओबादी र एमालले जनतामा भ्रम छर्दै हिडेको लगाउदै उनले भने ‘अहिले हिन्दु धर्ममा गायत्री मन्त्र घोटाए जस्तै बामपन्थीले पनि जनतामा मास्कबादको झुठो मन्त्र घोकाउदै हिडेको बताए । माओको पालाको माक्सबाद अहिले पुरानो भएको भन्दै त्यसले अहिलेको नेपालको सम्बृदिको कल्पना गर्न नसकिने स्पट पारे ।’
आफुलाइ अहिले बामपन्थी भन्नेहरुले अघि सारेको आर्थिक एजेन्डाले देशको बिकास सम्भब नभएको उनको जिकिर थियो । अहिले केही बौद्धिकहरु बामपन्थीको बाहानामा आफुलाइ हराउन लागेको भन्दै एक पटक गम्भीर भएर सोच्न आग्रह समेत उनले गरे ।
आफुले पिएचडि गोर्खाको ग्रामिण बिकासमा केन्द्रित भएर गरेको भन्दै गोर्खाको बिकास अरुबाट सम्भब जिकिर समेत उनले गरे ।
नेता भट्टराईले गोर्खाको देउरालीमा बिभिन्न ठाँउमा औद्योगिक क्षेत्रको स्थापना गरि युवाहरुलाइ रोजगारीको सिर्जना गर्ने बताए ।
अहिले फलेको रुखमा सबैले झटारो हान्ने भन्दै अहिले आफू माथी त्यहि भईरहेको छ । अहिले विपक्षले काग्रेस कार्यकर्ताहरुलाइ बाबुराम जनयुद्वमा धेरै काङ्ग्रेसका कार्यकर्ता मारेको भन्दै भोट बिगार्दै हिडेको भन्दै जनयुद्धमा भएका घटनामा आफू सङग्ल्न भएको पनि त्यो परिबर्तनको लागि गरेको दाबी गन गरे ।
राजनिती परिस्थिति र आश्वयकताले लोकतान्त्रिक गठबन्धन – पौडेल
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनिती परिस्थिति र आवस्यकताले लोकतान्त्रिक गठबन्धन बनेको बताए । मुलुक सधै भावनाले नचल्ने भन्दै लोकतन्त्रलाई बलियो बनाउन र समृद् नेपाल निर्माणका लागि नयाँ शक्तिसग गठबन्धन गरेको बताएका छन् ।
अहिले माओवादी र एमालेले गठबन्धन बनाएर रास्ट्रलाइ अनिस्ट तिर धकेल्न खोजेको आरोप समेत गरे ।बरिस्ट्र नेता पौडेलले नेपालमा बामपन्थि र दक्षिणपन्थीले नेपालमा लोकतन्त्र स्वीकार गर्न नसक्दा नेपाल लामो समय सकट्मा गुज्रिएको बताए ।
अहिले फेरि कांग्रेस र एमालेले देशमा संसदीय ब्यबस्थाको बिकल्प खोजेको भन्दै त्यसले नेपाली जनताको हित नगर्ने बताउका छन् । अहिले गोर्खा क्षेत्र नम्बर २ मा नयाँ शक्तिका नेता बाबुराम भट्टराई नै कांग्रेस पनि उमेदवार भएकोले भट्टराईलाई अत्याधिक मतले बिजयी गराउन आग्रह गरे ।
चुनावी सभामा बोल्दै नेपाली काङ्ग्रेसका महामन्त्री डा शंसाक कोइरालाले लोकतन्त्र बादिले जिते अबको ५ बर्षमा मुलुक सम्बृदिको दिशामा जाने गरेका छन् ।
काङ्ग्रेसले देशमा सबै खाले निरुङ्कुसताको बिरुद्द लडेको भन्दै एमाले र माओबदिको साम्यबादी सपना पूरा हुन नदिने बताएका छन् । चुनावी सभामा बोल्दै उधोगपति बिनोद चौधरिले आगामी निर्बाचनमा आर्थिक सम्बृदिको नेतृत्व काङ्ग्रेसले मात्र गर्ने भन्दै लोकतान्त्रिक गठबन्धनलाई बिजयी गराउन आग्रह गरे ।
चुनाबी सभा नेपाली कांग्रेस र नयाँ शक्ति नेपालको सयुक्त आयोजनामा भएको थियो । सभालाई विनोद चौधरी, सुरेन्द्र पाण्डेले सम्बोधन गरेका थिए ।