गोरखा- आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगका आयुक्त ईश्वरी प्रसाद पौड्यालले गोरखाका सुरक्षा समितिलाई निर्देशन दिएका छन् ।
आज गोरखा बजारमा आयोजना गरिएको पत्रकार भेटघाट तथा राजनितिक दलहरू बिचको छलफलमा बोल्दै पौड्यालले निर्वाचनलाई भयमुक्त तरिकाले सम्पन्न गर्न सबै पक्षलाई आग्रह समेत गरेका हुन् ।
पौड्यालले मतदाता शिक्षा, आचारसंहिता र सुरक्षाको विषयमा दिएका सुझावलाई निर्वाचन आयोगले गम्भीर रुपमा हेरिरहेको बताए । ‘अहिलेको मुख्य विषय भनेको सुरक्षाको प्रश्न भएकाले यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउन आवश्यक छ’ उनले भने ।
निर्वाचन सवै नेपालीको भएकाले यस महाअभियानलाई सफल तुल्याउनु सबैको जिम्मेवारी समेत रहेको बताएका छन् ।
हेलिकप्टरबाट गोरखा आएका पोड्यालले क्षेत्रिय सुरक्षा समित र गोरखाका सुरक्षा समितिसँग लामो समयसँग कुराकानी गरेका थिए ।
उत्तरी गोरखाका ३१ मतदान केन्द्रमा मतपत्र दुवानी तथा मतदान अधिकृतहरूलाई लैजानका लागि नेपाली सेनाको हेलिकप्टर निवार्चन आयोगले उपल्बध गराउने जानकारी समेत गराए ।
मंसिर १० गते निर्वाचन भएपछि सबै मतपत्रलाई जिल्लामा केन्द्रित गरी मतपत्र राखिने स्थानमा सिसिटिभि राख्न समेत उनले निर्देशन दिएको जिल्ला सुरक्षा समितिका एक सदस्यले जानकारी दिए ।
उत्तरी गोरखामा ३१ मतकेन्द्र रहेका छन् भने ति केन्द्र मध्ये ११ वटा मत केन्द्रमा जानका लागि गोरखा सदरमुकामबाट ६/७ दिन पैदल जानु पर्छ ।
केहि समय अगि नेपाली कांग्रेसका गोरखा-१ ’ख’ का उम्मेदवार राजेन्द्र बजगाई सहित नेपाली कांग्रेसका महामन्त्री सशांक कोइराला, जिल्ला सभापति तथा समानुपातिक उम्मेदवार हरि घले, नेतृ कमला पन्थ लगाएका नेताहरू आचार संहिताको धज्जि उठाँउदै उत्तरी गोरखाका स्थानमा चुनाव प्रचार प्रसारमा जानु, माओवादी केन्द्रकी उम्मेदवार सवार मोटरसार्कलबाट पेस्तोल भेटिन्रु, असिमित रूपमा गोरखा २ का ’हेभिवट’ उम्मेदवारहरूले प्रचार प्रसारका लागि पम्पेट राखिनु आचार संहिताको धज्जी उठाँएको सरोकारवालाहरूले आरोप लगाएका छन् ।
नेकपा एमालेका जिल्ला उपाध्यक्ष यादव बस्नेतले मतदान गर्ने स्थान अहिलेसम्म पत्तो नहुनु निर्वाचन कार्यलयको गम्भिर त्रृटि भएको आरोप लगाएका छन्र । स्थानिय निर्वाचनमा मेरो मतादान स्थल र अहिलेको मतदान स्थल फरक रहेको छ उनले भने ’विना मेरो अनुमति कसरी मतदान स्थल परिर्वत भयो उनले आयुम्त्त पौड्याल माथी प्रश्न गरे ?’
नेपाली कांग्रेसका नेता नारायण आर्चायले मतदाता शिक्षा दिन जाने संयमसेवकहरू सिकाउन भन्दा पनि राजनितिक दलको प्रचार प्रसारमा गएको आरोप लगाए ।
उनले भने ‘उहाँहरू मतदाता शिक्षा दिन जानु भएको कि पाटीको प्रचार गर्न ?’ नयाँ शक्तिका नेता फणिन्द्र देवकोटाले पुसको पहिलो हप्ता सरकार हाम्रो बन्छ त्यसपछि कर्मचारीको विचल्लि हुन्छ भन्दै सबै कर्मचारीलाई धम्की दिएको आरोप लगाएका छन् ।
पुसको पहिलो साता कसको सरकार बन्छ भन्दा पनि निर्वाचन भयरहित तरिकाले सम्पन्न गर्न तर्फ हामी अगि बढौ अनले आग्रह गरे ।
कार्यक्रममा क्षेत्रिय प्रसाशक लक्ष्यमण आर्याल, एआइजी कमल सिह बम, पुतनी पति देवेन्द्र बहादुर मेधावी, मुख्य निर्वाचन आयुक्त्त पौड्याल, प्रजिअ तिजेन्द्र बस्नेत लागएको उपस्थित रहेको थियो ।