गोरखा- मंसिर १० गते ३२ जिल्लामा भएको चुनावको मतगणना अबको ठकि १ घण्टा पछि गोरखा सहित ३२ जिल्लामा सुरु हुदै छ । गोरखामा मतगणनाका लागि सुरक्षा कडा पारिएको छ ।
पहिलो चरणमा मतदान भएका क्षेत्रको मतगणना आज साँझ ५ बजेबाट सुरु गर्न निर्वाचन अयोगले निर्देशन दिएसँगै गोरखामा सुरक्षा व्यवस्था कडा गरिएको छ ।
जिल्ला समन्वय समिति अगाडि नै तारबार लगाएर खानतलासी पछि मात्रै कार्यलय भित्र काम लिएर जानेहरुका लागि प्रवेश दिन थालिएको छ ।
गोरखामा ६ सिटका लागि १२ जनाको उम्मेदवारी परेको थियो । अहिले गोरखामा मतपरिणाम सुन्का लागि बाहिरबाट समेत कार्यकर्ता जिल्ला भित्रिएका छन । प्राय हाेटल देखि चोक चोकमा बाक्लो उपस्थितिसँगै जिल्लाको शान्ति सुरक्षामा बिशेष ध्यान दिइएको छ , जिल्ला सुरक्ष समितिका एक सदस्यले भने ।
आजबाट सुरु हुन लागेको मतगणनाको हरेक घण्टा सुनाइने छ । गोरखा निर्वाचन क्षेत्र न १ को महिला बालबालिका कार्यलयमा र गोरखा २ को जिल्ला समन्वय समितिको सभा हलमा मत गणना हुने छ ।
कुल मतदाता १ लाख ८९ हजार ४ सय ४८ रहेको जिल्लामा १ लाख २२ हजार ६ सय ८९ मत खसेको थियो । स्थानिय निर्वाचन भन्दा कम मत खसको हो ।
गोरखा क्षेत्र न १ मा नेपाली कांग्रेसका चिनकाजी श्रेष्ठ, माओवादी केन्द्रका हरीराज अधिकारीले मुख्य प्रस्तिर्पधी हुन् । सर्वाधिक चासोका रहेको गोरखा २ मा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नयाँ शक्ति पाटीका नेपालका संयोजक डा बावुराम भट्टराई मुख्य प्रस्तिर्पधी हुन् ।
गोरखा १ क मा नेपाली कांग्रेसका धिरन थापा र माओवादी केन्द्रका लेखबहादुर थापा मगर, गोरखा १ ख मा नेपाली कांग्रेसका राजेन्द्र बजगाइ र एमाले रामशरण बस्नेत चुनावी प्रस्तिर्पधीमा छन् ।
गोरखा २ क मा नयाँ शक्तिका हरीरशण आर्चाय र माओवादी केन्द्रकी कमला नहर्कि, गोरखा २ ख मा नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडी र माओवादी केन्द्रका अमर बहादुर तमु रहेका छन् ।
जिल्ला निर्वाचन कार्यलय गोरखाका अनुसार पत्यक्ष तर्फ ४ दिनमा र समानुपातिक तर्फ कम्तिमा ८ दिन भित्र सबै मत परिमाण आइसक्ने जिल्ला निर्वाचन अधिकारी नारायण सापकोटा दावी गर्छन् ।
२८२ वटा मतदान केन्द्रबाट ल्याएका ८४६ वटा मतपेटिका सदरमुकाम स्थित महिला तथा बालबालिका कार्यालय र जिल्ला समन्वय समितिको कोठामा राखिएका छन् ।
मतको बाकस राखिएको कोठामा तीन वटा ताला, लाहाछाप लगाइएको छ । बाहिर नेपाल प्रहरी, सशस्त्र र नेपाली सेना परिचालन गरिएका छन् भने मतपेटिका कुर्न गठबन्धनका प्रतिनिधिपनि बसेका छन् ।
जिल्ला समन्वय समिति चोक भित्र मालपोत, नापी, जिल्ला प्रहरी, विद्युत, जिल्ला अदालत, महिला तथा बालबालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्राविधिक कार्यलय, जिल्ला समन्वय समितिको कार्यालय रहेका छन् । मतगणना गर्ने थाहा पाएपछि दलका कार्यकर्ताहरु समेत बजार आउन थालेका छन् ।
हिजोको तुलनामा आज बजारमा चहलपहल बाक्लिदै गएको छ ।
विद्युत महसुल बुझाउन जानेहरुका लागि जिल्ला अदालततिरको बाटो प्रयोग गर्न दिइएको छ । निर्वाचन क्षेत्र नं. १ को मतगणना स्थलमा पुग्न तिनवटा सुरक्षा घेरा पार गर्नुपर्दछ । निर्वाचन क्षेत्र नं. २ को मतगणना स्थलमा पुग्न पाँचवटा सुरक्षा घेरा पार गर्नुपर्दछ ।
फोटो सहितको परिचयपत्र बोकेका दलका प्रतिनिधि र गणनामा खटिने कर्मचारीबाहेक अन्यले प्रवेश पाउने सम्भावना छैन ।
त्यस्तै जिल्लामा भएको छलफलमा मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरिक्षक, राजनैतिक पार्टीका प्रमुख तथा प्रतिनिधि, उम्मेदवारहरु, पत्रकार, नागरिक समाज, सुरक्षा निकायका प्रमुखहरु वीच भएको सर्वदलिय तथा सर्वपक्षीय छलफलमा मतगणना व्यवस्थित गर्ने सम्बन्धमा १० बुँदा र मतगणना प्रक्रिया सम्बन्धमा १० बुँदामा सहमति जुटेको हो ।