गोरखा- कुनै बेला सहयात्री भएर एउटै कमिटिको उपाध्यक्षमा रहेर काम गरेका डा बावुराम भट्टराई र नारायणकाजी श्रेष्ठ एक आपसमा जुधे ।
गत कार्तिक ५ गते गोरखामा छुट्टा छ्ट्टै गठबन्धन बनाएर आफ्नो उम्मेदवारी दर्ता गरेपछि एकअर्काका विरुद्ध तत्लोस्तरमा रहेका गाली गालौज समेत गर्न भ्याए ।
तर दुबै आफ्नै बलबुतामा लड्ने भन्दा श्रेष्ठ एमाले मतदाताको भरमा र भट्टराई कांग्रेसका मतदाताको भरमा चुनाव लडे ।
२०७४ मंसिर १० गते भएको आम निर्वाचनमा प्राप्त गरेको मत गणना करिब ११ दिनपछि बिहिबार बेलुका ५ बजेबाट सुरु भएको थियो । ४८ घण्टामा १ लाख २३ हजार ७ सय ८९ मत गणना भएको छ ।
कुल मतदाता मध्ये गोरखा क्षेत्र न १ मा ६३ हजार ६ सय ७२ मत झरेको थियो । गोरखा क्षेत्र न २ मा भने ६० हजार १ सय ९ म तझरेको थियो ।
बाबुरामको लगातार ह्याट्रिक
कांग्रेसको समर्थनमा चुनावमा उत्रिएका भट्टराईले वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठलाई पराजति गरेका हुन् । डा भट्टराई ३१ हजार ८ सय ७ मत ल्याई विजयी भएका हुन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी श्रेष्ठले २४ हजार ९ सय ३३ मत प्राप्त गरे । डा भट्टराईले ७ हजार ८ सय ७४ मतले श्रेष्ठलाई हराएका हुन् ।
गोरखा १ मा हरिराज अधिकारी विजयी
गोरखा निर्वाचन क्षेत्र न १ प्रतिनिधि सभामा बाम गठवन्धन माओवादी केन्द्रका प्रदेश न ४ का इन्चार्ज समेत रहेका हरिराज अधिकारी बिजयी भएका छन् ।
उनले नेपाली कांग्रेसका पुर्व सभासद तथा पुर्व प्रमुख सचेत समेत रहेका नेपाली कांग्रेसका चिनकाजी श्रेष्ठलाई ३ हजार २ सय १७ मतान्तरले विजय भएका हुन् ।
उनले २९ हजार ८ सय ६० मत ल्याइ विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । नेपाली कांग्रेसका चिनकाजी श्रेष्ठले २६ हजार ६ सय ४३ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा कुल ६३ हजार ६ सय १९ मतगण्ना भएको हो ।
क्षेत्र नं. १ क मा माओवादीका थापा विजयी
गोरखा क्षेत्र नं. १ को प्रदेश क मा माओवादी केन्द्रका नेता लेखबहादुर थापा मगर विजयी भएका छन् । उनले नेपाली कांग्रेसका क्षेत्रीय सभापति रहेका धिरन थापालाई २५ सय ३९ मतले हराएका हुन् । मगरले १६ हजार पाँचसय ५८ मत ल्याए भने थापाले १४ हजार १९ मात्र मत ल्याए ।
क्षेत्र १ को ख मा एमालेका बस्नेत विजयी गोरखा क्षेत्र नं १ को प्रदेश ख मा नेकपा एमालेका रामशरण बस्नेत विजयी भएका छन् । उनले नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईलाई हराएका हुन् । बस्नेतले १६ हजार छ सय ५६ मत ल्याए भने बजगाईंले १३ हजार एक मात्र मत ल्याए ।
क्षेत्र नं. २ क मा पूर्वलडाकु नै लडे
गोरखा २ क मा नयाँ शक्तिका आचार्य विजयी गोरखा क्षेत्र नं २ प्रदेश क मा नयाँ शक्ति नेपाल पार्टीका उम्मेदवार हरिशरण आचार्य विजयी भएका छन्। उनले माओवादी केन्द्रकी नेतृ कमला नहर्कीलाई ३२७८ मतले हराएका हुन् ।
आचार्यले १५३४५ मत ल्याए भने नहर्कीले १२०६५ मत मात्र ल्याइन् । दुबै माओवादी सेनाका पूर्व लडाकु हुन् । क्षेत्र नं. २ क मा २९१२६ मत खसेको थियोे । बदर मत भने १०६७ रहेको छ ।
क्षेत्र नं. २ ख मा माओवादी पूर्वसभासद गुरुङ कांग्रेसबाट पराजित
गोरखा २ ख मा कांग्रेसका दवाडी विजयी गोरखा क्षेत्र नं. २ को प्रदेश ख मा नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेका प्रकाशचन्द्र दवाडी विजयी भएका हुन् ।
उनले पूर्वसभासदसमेत रहेका अमर बहादुर गुरुङलाई पराजित गरेका हुन् । १५ हजार ८ सय ५३ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी तमुले १३ हजार चार सय ११ मत मात्र ल्याएका थिए ।