गोरखा– नेपाली कांग्रेसले गोरखामा खाता खोलेको छ। गोरखा निर्वाचन क्षेत्र न २ को प्रदेशसभा क्षेत्र (ख) का लोकतान्त्रिक गठबन्धनका कांग्रेस उम्मेदवार प्रकाशचन्द्र दवाडीले माओवादी केन्द्रका अमरबहादुर गुरूङलाई २ हजार ४ सय ४२ मतले पराजित गरेका हुन्।
दवाडीले १५ हजार ८ सय ५३ मत ल्याएका छन् भने गुरूङले १३ हजार ४ सय ११ मत पाएका छन्।
नेपाली कांग्रेसका महासमिति सदस्य दवाडी वैंदेशिक राेजगारीमा लामो समय जापन बसेका थिए। अजिरकोट गाउँपालिका ४ सिम्जुङका स्थायी बासिन्दा ४२ वर्षीय दवाडीले ७ कक्षा पढ्दादेखि नै नेपाल विद्यार्थी संघको सदस्यता लिएका थिए।
त्यसयता जिल्लामा रहेर उनी कांग्रेसको राजनीतिमा सक्रिय छन्।