गोरखा– पालुङटार नगरपालिका वडा न २ को खोप्लाङमा २०३५ सालमा जन्मिएका हरीशरण आचार्य प्रदेश सभा तर्फ गोरखा २ को ‘क’ बाट विजयी भएका छन् ।
उनले ३ हजार २ सय ७८ मतका साथ बामगठबन्धनका साझा उम्मेदवार कमला नहर्किलाई पछि पार्दे विजयी भएका हुन् । उनले हरीशरण आचार्य कुल २९ हजार १ सय २६ मत गणना भएकोमा १५ हजार ३ सय ४३ मत ल्याएर विजयी भएका हुन् ।
२०५४ साल देखि माओवादीले सुरु गरेको जनयुद्धमा सहभागी भएका उनी जनयुद्धमा गोरखामा पार्टी बिस्तारको क्रममा उनले खेलेको भूमिकाको आहिले पनि चर्चा हुने गर्दछ ।
उनको कारण गाउँमा जनयुद्दमा ठुलो क्षति हुनबाट जोगिएको उनका गाउँका कांग्रेस समर्थकको बुझाई छ ।
२०५८ को तत्कालिन माओवादी निकटको भातृ सङगठन अखिल क्रान्तिकारीको कार्यबहाक अध्यक्ष भएर काम गरेका उनि बावुारम भट्टराईले २०७३ सालमा पाटी फुटेसँगै उनी पनि नयाँ शक्ति पाटीको गोरखा निर्वाचन क्षेत्र न २ को संयोजक भइ काम गरेका थिए ।
अहिले उनि नयाँ शक्ति पाटीको केन्द्रिय परिषद सदस्य समेत रहेका थिए । यस क्षेत्रमा बावुरामको भोट बैङका रूपमा लिइका थिए ।आचार्यको चर्चा त्यति बेला देखि हुने गरेपनि पार्टीले भने सधै तल परि रहेको गुनासो आइरहेको बेला उनले टिकट पाएपछि गोरखाका युबाहरुमा खुशी भएका थिए।