गोरखा- सवार्धिक चासो र र्चचा रहेको गोरखा निर्वाचन क्षेत्र न २ को प्रतनिधि सभा सदस्यमा नेपाली कांग्रेसको सहयोगमा निर्वाचित भएको पछि नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले यो संसद अवधिसम्म नेपाली कांग्रेसलाई धोका प्रतिवद्धता व्यत गरेका छन् ।
‘एउटा राजनीतिक नैतिकता के हुन्छ भने यो संसदको अवधिसम्म हामीले सहकार्य गरी जानुपर्छ,’ उनले गठबन्धनबारे भने, ‘संयुक्त रुपमा विजयी भएर गएपछि महत्वपूर्ण विषयमा हामीले सहकार्य गर्नुपर्छ । यो राजनीतिक धर्म हो ।’
ढुलमुले चरित्र देखाएको आरोप लाग्ने गरेका भट्टराईले निर्वाचित भएको भोलिपल्ट आइतबार गोरखा सदमुकामको हरमटारी चोकमा आयोजित धन्यवाद ज्ञापन तथा विजय सभामा बोल्दै ‘राजनीतिक धर्म’ पूरा गर्ने वचनबद्धता समेत व्यत गरेका छन् ।
प्हिलो संविभान सभा र दोस्रो संविधान सभामा गोरखाको साविकको क्षेत्र न २ र १ बाट विजयी भएका उनले त्यसबैला देखि नै प्रत्येक महिनाको एकपटक गोरखा आउने गरेका थिए । उनले भने “म प्रत्येक महिना आफ्नो निर्वाचन क्षेत्र आउँछु, जनताको समस्या सुनेर समाधान गर्छु । समस्या सुन्न सम्पर्क कार्यालय खोल्छु, २४ सै घण्टा उपलब्ध हुने गरी हटलाइन सेवा राख्छु ।
गोरखामा बाबुरामको विजयी ¥याली
निर्वाचन क्षेत्र २ बाट विजयी भएका नयाँ शक्तिका डा बाबुराम भट्टराईले विजयी ¥याली निकालेका छन् । नेपाली कांग्रेसको सहयोगमा निर्वाचन लडेका भट्टराईले वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठलाई हराएका हुन्।
निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी भए पनि भट्टराईले क्षेत्र १ को बजार क्षेत्रमा ¥याली निकालेका हुन् । सदरमुकाम क्षेत्रमा आयोजित विजयी ¥यालीमा नयाँ शक्तिका नेता करिश्मा मानन्धर, हिसिला यमी लगायत सयौं समर्थक एवं कार्यकर्ता जुटेका छन् ।
¥याली गोरखा १ को हरमटारी, हस्पिटल चोक, बसर्पाक क्षेत्र हुँदै हरमटारी चोकमा पुगेर कोणसभामा परिणत भएको छ । कोणसभामा भट्टराई सहित गोरखा २ प्रदेशसभा (क) का विजयी उम्मेदवार हरिशरण आर्चाय र प्रदेशसभा (ख) का विजयी उम्मेदवार प्रकाशचन्द्र दवाडीले सम्बोधन गर्नेछन् ।
भिडियाे