गोरखा- जिल्लामा नै पहिलो पटक आयोजना हुन लागेको “मिस गोरखा ब्युटी विथ ब्रेन २०७४” प्रतियोगिताको ताज कस्ले जित्ला भन्ने अहिले चर्चाको बिषय बनेको छ ।
सौन्दर्य कला ब्याबसायी संघ गोरखा शाखाद्वारा आयोजित उक्त प्रतियोगितामा गोरखा घर भइ देशैभरी छरिएर रहेका कयौ गोरखाली युवतीहरुको उपस्थिति रहेको थियो ।
जहाँ युवतीहरु बिच पहिलो र दोश्रो चरणको छनौट भएको थियो । सोहि अडिशन पार गर्दै छनौट भएर आएका २० यूवतीहरुबाट आगामी पौष २७ गते पृथ्वी जयन्तीको अबसर पारेर मिस गोरखा घोषणा गरिने छ ।
संघले सदरमुकामा सञ्चारकर्मीहरुसँग छलफल गर्दै मिस गोरखा घोषणाको दिन सार्वजनिक गरेको हो । पहिलो र दोस्रो अडिसनबाट छनोट भएका यूवतीहरु मध्येबाट फाइनल राउण्डमा जम्मा २० जना पुगेका हुन ।
उनीहरु मध्ये एक जनालाई मिस गोरखा घोषणा गरिने छ । अहिले उनीहरुलाई विभिन्न विधामा प्रशिक्षण गराइरहेको सौंन्दर्य कला ब्यवसायी संघ गोरखाकि प्रतिनिधि रोस्ता श्रेष्ठले जानकारी दिइन् ।
प्रशिक्षणमा उनीहरुको फोटो सुट, भिडियो प्रोफाइल, संस्कार संस्कृती तथा शैक्षिक अबलोकन भ्रमण, सेल्फ ट्यालेन्ट राउण्ड गराएर सिकाउने काम भइरहेको संघकी अध्यक्ष शुकु श्रेष्ठले जानकारी दिइन् ।
मिस गोरखामा अन्तिम प्रतिस्पर्धामा रहेका सबै प्रतिस्पर्धि साथिहरु प्रफेक्ट छन त्यसैले कोसले बाजि मार्ला भनेर अड्कल बाजि गर्न सक्ने अबस्था छैन । कोस्ले मिस गोरखाको ताज आफ्नो पक्षमा हत्याउला भनेर थाहा पाउनको लागी पौष २७ नै कुर्नु पर्छ भन्छिन प्रतिस्पर्धी मध्येकि एक पबित्रा घले ।
मिस गोरखा हुने यूवतीले नगद ५० हजार रुपैँया र साथमा अन्य उपहार पाउने छन् । त्यस्तै फस्ट रनरअपले क्राउन सहित ३० हजार रुपैँयाको साथमा अन्य पुरस्कार, सेकेण्ड रनरअपले क्राउन सहित २० हजार रुपैँया र अन्य पुरस्कार र थर्ड रनरअपले क्राउन सहित १० हजार रुपैँया र अन्य पुरस्कारहरु पाउनेछन् ।