गोरखा- नेकपा माओबादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले कानूनी अड्चन र नेपाली कांग्रेसका कारण सरकार गठनमा ढिलाई भईरहेको आरोप लगाएका छन् ।
निर्वाचन पछि मतदातालाई धन्यबाद दिन हिजो गोरखा आएका श्रेष्ठले आज गोरखा नगरपालिका वडा नम्बर १३ देउरालीमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
उनले भर्खरै सम्पन्न निर्वाचनमा देशभर बामपन्थी गठबन्धनको जित भएकाले कांग्रेसले वा कसैले चाहेपनि बामपन्थी सरकार निर्माणमा रोक्न नसक्ने बताउदैँ भने ‘जे जे भएपनि ढिलो चाडो बामपन्थी गठबन्धनको सरकार बन्छ तपाईहरु आत्तिनु पर्दैन ।’ काग्रेस जस्तो लोकतान्त्रिक पृष्ठभूमी बोकेकोे पार्टीले निर्वाचनमा पराजय व्येर्होदा समेत सत्ता हस्तान्तरणमा आनाकानी गरेर अलोकतान्त्रिक चरित्र देखाएको आरोप समेत उनले लगाए ।
मधेषबादी दल र एमाले मिलेर सरकार बनाउने भन्ने कुरा हल्ला मात्र भएको भन्दै अब पार्टी एकता र बामपन्थी गठबन्धनको सरकार निर्माणबाट एमाले र माओबादी भाग्न नसक्ने जिकिरउनले गरे ।
सरकार गठन संगसंगै दुई पार्टी बिच एकता प्रक्रिया पनि अघि बढ्ने भन्दै अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ समस्याका कारण पार्टी एकता संयोजन समितिको बैठक बस्न ढिलाई भईरहेकोसमेत उनले बताए ।
अहिले औपचारिक बैठक नभएपनि दुवै पार्टीका नेताहरु बिच अनौपचारिक रुपमा पार्टी एकता गर्ने बारेमा छलफल भइरहेको उनको दाविरहेको छ । गोरखा क्षेत्र नम्बर २ मा आफुले पराजय व्यहोरेको भएपनि गोरखाको बिकासका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
निर्वाचनमा संक्रियता पूर्वक सहभागी भएर आफुलाई मतदान गर्ने तथा लोकतान्त्रिक प्रक्रियामा सहभागी हुने सवै मतदातालाई धन्यबाद समेत दिए।