गोरखा– प्रथम मिस गोरखाको ताज इशा शाहले हात पारेकी छिन् । टप २० प्रतिस्पर्धिलाइ पछि पार्दै उनले उपाधी आफ्नो पोल्टामा पारेकी हुन ।
सुलिकोट गाउँपालिका स्वारा घर भइ हाल रोहटेपानी निवासी १९ वर्षिया इशा शाह सामान्य परिवारमा जन्मिएकी हुन । सदरमुकाममा रहेको होटल गोरखा प्यालेसको रिसेप्सनिस्ट पेशामा समेत आबद्ध शाहले सदरमुकामकै महेन्द्र ज्योती माबी बाट एस एल सि उत्रिण गरेकी हुन ।
द वल्ड क्यापिटल माबी रानिबनमा प्लस्टु पढ्दै गरेकी शाहले मिस गोरखाको उपाधी चुमे संगै क्राउन र एक लाख बढिको सामान र नगद प्राप्त गरेकी छिन । साथमा विभिन्न गिफ्ट ह्याम्पर र एयर होस्टेज पढ्नको लागि छात्रवृति पनि प्रदान गरिएको आयोजक सस्थाका अध्यक्ष सुकु श्रेष्ठले जानकारी दिइन ।
उपाधीसँगै इशाले ‘मिस स्टाइलिस्टको अवार्ड समेत आफ्नो पोल्टामा पारिन् । मिस गोरखाकोे बिजेता बनिसकेपछि आफुलाई निकै खुशि लागेको र मेरो सपना साकार भएको प्रतिक्रिया उनले दिईन् ।
त्यस्तै प्रतियोगितामा २१ वर्षिया प्रकृति श्रेष्ठ फस्ट रनरअप र बारपाक घर भइ हाल गोरखा बसपार्क निवासी २० वर्षिया बिष्णु कुमारी घले सेकेन्ड रनरअप भइन भने गोनपा ७ चाइनिज धारा निवासी १७ बर्षिय सृजना मगर थर्ड रनरअपको साथमा बेस्ट पफमेन्सको अवार्ड जितेकी हुन।
साथमा क्रमस क्राउन सहित ३० हजार २० हजार १० हजार नगद र ५० हजार बढिको सामान र गिफ्ट ह्याम्पर हात पारेका हुन । जिल्ला सदरमुकाममा रहेको गोरखकाली चलचित्र मन्दिरमा दिनको २ बजेबाट सुरु भएको उक्त कार्यक्रम सौन्दर्य ब्याबासायी संघका केन्द्रिय अध्यक्ष कमला श्रेष्ठको प्रमुख आतिथ्यमा सौन्दर्य कला ब्याबसायी संघ गोरखा शाखाले आयोजनामा गरेको हो ।
मिस गोरखा २०१७ मा अन्य विभिन्न २१ वटा शिर्षकमा सब टाईटल उपाधी दिईएको थियो। एस टि कृयसनको ब्याबस्थापनमा सुरज थापा र सौरभ को कोरियोग्राफीमा मिस गोरखा २०१७ को ग्राण्ड फिनालेको समपन्न भएको हो । कार्यक्रममा कालिका सास्कृतिक कला केन्द्रका कलाकार हरुले नृत्य पनि प्रस्तुत गरेका थिए ।