गाेरखा– गोरखाका बिभिन्न स्थानीय तहमा बैंकको शाखा खुल्ने भएको छ ।
गण्डकी गाउँपालिकामा कृषि बिकास बैंकको शाखा, ग्लोबल आइएमई बैंकको शाखा सिरानचोक गाउँपालिकामा, जनता बैंकको शाखा सुलिकोट गाउँपालिकामा, चुमनुब्री गाउँपालिकामा कुमारी बैंकको शाखा रहने भएका छन् ।
अजिरकोट गाउँपालिकामा यसअघिदेखि नै राष्ट्रिय बाणिज्य बैंकको शाखा संचालनमा छ भने पालुङटारमा बिभिन्न बिकास बैंकहरु संचालनमा छन् ।
आरुघाटमा पनि बिभिन्न बैंकहरु छन् भने भीमसेनको घ्याम्पेसालमा पनि सांग्रिलाको शाखा छ । सबै गाउँपालिकामा बैंकको शाखा खोल्न सरकारले निर्देशन दिएपछि बैंक खोल्ने क्रमः सुरु हुने भएको हो । यस्तै वाणिज्य बैंकले २ सय ४४ वटा स्थानीय तहमा जान आफु–आफुबीच भागबण्डा गरेको छ ।
एक बैंक गएको स्थानमा अर्को बैंकको शाखा नजाने सहमती सहित बैंकहरुले यो सुची तयार पारेका हुन् । हाल ७ सय ४४ स्थानीय तहमध्ये ३ सय ३२ मा वाणिज्य बैंकको पहुँच पुगेको छैन् ।
बाँकी ४ सय १२ मध्ये तत्काल २ सय ५० स्थानमा जाने तयारी बैंकहरुले गरेका हुन् । यो क्रममा २ सय ४४ स्थानमा जाने सुची बैंकहरुले नै तयार गरेर राष्ट्र बैंकलाई बुझाएको हो ।
राष्ट्र बैंकले बैंकहरुको यो प्रस्तावलाई स्वीकार गरेको छ । स्थानीय तहमा जाने बजेट पहिले सरकारी बैंक (कृषि बिकास बैंक र राष्ट्रिय वाणिज्य बैंक) मा जम्मा हुने र त्यहाबाट वाणिज्य बैंकमा जम्मा गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।