गोरखा– गोरखाका स्थानिय विकास अधिकारी नारायण प्रसाद आर्चाय पत्रकारमाथी खनिएका छन् । नदिजन्य पदार्थको अवैध उत्खन तथा निकासीमा संलग्न रहेको आरोप लगेका आर्चायले समाजिक सञ्जाल फेसबुक मार्फत पत्रकारमाथी खनिएका हुन् ।
नेपालमा स्वच्छ, निष्पक्ष र तथ्यपरक सूचना प्रवाह गर्ने पत्रकार नभएको आरोप लगाउदै फेसबुकमका स्टाटस लेख्दै उनले पत्रकार माथि खनिएका हुन् ।
गोरखामा नदिजन्य पदार्थ उत्खनन र संकलनमा भैरहेको मनोमानिका विषयमा केही दिनयता आएका समाचारमा उनको नाम जोडिएको छ । एमालेको सरकार बनेपछि प्रदेश सरकारमा सरुवा गरी लैजाने आश्वसन पाएको भन्दै उनले जिल्लाका विभिन्न स्थानमा विना टेन्डर करौडौँको वालुवा निकाल्न दिएको विभिन्न सञ्चार माध्यममा समाचार आएको थियो ।
समाचारमा चितनबुझे सम्बन्धित निकायमा उजुरी दिन सकिने कानुनी बाटो हुदाँहुदै आचार्य समाजिक सञ्जालको प्रयोग गरी पत्रकार माथि खनिनु गैरजिम्मेवारको पराकाष्ट भएको पत्रकार सुदिप कैनीले भने ‘जिम्मेवारी व्यतिले आरोप लागेपछि उत्तर दिनु पर्ने खण्डमा सिङ्गो पत्रकारमाथि धावा बोल्नु आफ्नो गल्ति स्वीकारनु हो।’
पत्रकारिता पेशाप्रति नै भ्रम सिर्जना गर्ने गरी नेपाल सरकारका एक जिम्मेवार अधिकारीले देशमा एकजना पनि निष्पक्ष र तथ्यपरक समाचार लेख्ने व्यक्ति नभएको भन्दै सामाजिक सञ्जालमा लेख्नु दुखद् भएको समेत उनले बताए ।
उता पत्रकार महासंघ गोरखा शाखाका अध्यक्ष किशोरजङ्ग थापाले भने बास्तविकता नबुझि पत्रकारले समचार नै लेख्दैनन्, त्यो समाचार नै होइन्, र अहिले जुन विषयमा गोरखामा चर्चा छ जुन नदिजन्य पदार्थ बारेमा आएको समाचारलाई आधार मानेर स्थानिय विकास अधिकारीले पत्रकार माथि धावा बोल्नु गलत भएको दावी गर्छन् ।
‘उहाँलाई चित्त नबुझे विभिन्न निकायहरू छन् उहाँ त्यहाँ जान सक्नुहुन्छ हामी यसका लागि लड्न तयार छौँ । पत्रपत्रिकामा आएका समाचार सबै सत्य छन् ।’ स्थानिय विकास अधिकारीले आफ्नो पदको दुरूपयोग गर्नु भएको भन्दै उनले भने ‘उहाँले आफ्नो पदको दुरूपयोग गर्नु भएको छ । उहाँ आफैले गिटिवालुवा कारोबार गर्नु भएको’ समेत उनले आरोप लगाए ।
समाचारमा उल्लेख गरिएका बिषयमा चित्त नबुझे खण्डन छपाउने लगायतका विकल्प हुँदाहुँदै उनलेले पत्रकारिता क्षेत्रमै शंका उत्पन्न हुने गरी सामाजिक सञ्जालमा आफ्ना भनाई व्यक्त गर्नु दुखत हो । आचार्यले सबै नागरिकलाई आफ्नो विचार अभिव्यक्त गर्ने स्वतन्त्रता भए पनि बिना प्रमाण कसैलाई दोषी देखाउन नहुने समेत बताएका छन् ।
आइतबार जिल्ला प्रशासनमा भएको बैठक प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत निकै कडा रुपमा प्रस्तुत भए । जिल्लाका विभिन्न ठाउँमा नदिजन्य पदार्थको अवैद्य उत्खन भईरहँदा पनि प्रशासन मौन रहेको आरोप लागिरहेका बेला बसेको सरोकारवालाहरुको बैठकमा बस्नेत आक्रामक रुपमा प्रस्तुत भएका हुन् ।
अवैध उत्खनन न्यूनिकरण गर्न र जरिवाना वढाउने विषयमा प्रतिवेदन तयारी पारी पेश गर्न समिति निर्माण गरिएको छ ।
११ किलो भाँस्वारा बारपाक सडक आयोजनाका प्रमुख अमृतमणी रिमालको संयोजकत्वमा समिति गठन भएको छ भने जिल्ला प्राविधिक कार्यालय, सिञ्चाइ लगायत अन्य विषयगत कार्यालयका प्रतिनिधिहरु सदस्य रहेको उक्त समितिले प्रतिवेदन बुझाए पछि बस्ने बैठकले उचित निर्णय लिने सहमती भएको छ ।
ढुङ्गा, गिटी, वालुवाको अवैध उत्खनन रोक्न कडाइ गरिने भएको छ । आइतबार वसेको सरोकारवालाको वैठकले अवैध उत्खनन न्यूनिकरणका लागी जरिवाना वढाउने तयारी गरेको हो । यस अघि अवैध उत्खनन गर्नेलाई कारवाही गर्दा एक हजार मात्र जरिवाना लिँदै आइएको थियो ।
‘अहिले सम्मको १ हजार जरिवाना कम भयो, छिमेकी जिल्लाहरु तनहुँ, लमजुङ, चितवन, धादिङ तथा नवलपरासीमा कति जरिवाना तोकेको छ, एभ्रेज निकालेर हामी पनि त्यहि अनुसार तय गर्छौँ,’ प्रजिअ जितेन्द्र वस्नेतले भने ।
ठेक्का दिएको घाटबाट तोकिएको परिणाम भन्दा वढी निर्माण सामाग्री झिकेको पाइएमा पनि जरिवाना लगाउने तयारी गरिएको छ । ‘घाटगद्घि नगरी निर्माण सामग्री ओसार्न पाइँदैन, त्यसो भएपनि हामी कारवाही गर्छौँ,’ प्रजिअ वस्नेतले भने ।