गाेरखा- बैदेशिक रोजगारीको शिलशिलामा विभिन्न मुलुक पुगेका गाेरखाकाे अजिरकाेट गाउँपालिकाका युवाहरुले एम्बुलेन्स खरिदका लागि रकम संकलन गर्ने अभियान चलाएका छन् ।
विभिन्न मूलुकमा वैदेशिक रोजगारमा रहेका यूवाहरुले सामाजिक संजाल मार्फत एकजुट भई उक्त अभियान संचालन गरेका हुन् ।
कामक शिलशिलामा अमेरीका, कूवेत, कतार, मलेसिया, दूवई, साउदी अरव, जापान अनि कोरिया लगाउयतका देशमा पुगेका युवाहरुले अजिरकाेट गाउँपालिकाका बासिन्दालाई लक्षित गरी एम्बुलेन्स खरिद गर्ने लक्ष्य लिइ याे अभियान सुरू गरिएकाे बताएका छन् ।
अमेरिकाको न्यूवर्क सिटीमा बस्दै आएका अजिरकोट गाउँपालिका-३ काफलडाँडा विनोद अधिकारी, वडा न २ खरिबाेटका हेमन्त धिताल लगायतको नेतृत्वमा एम्बुलेन्स खरिद अभियान सञ्चालन भएकाे हाे ।
सामाजिक सञ्जाल फेसबुक मार्फत उनिहरूले अजिरकाेट क्षेत्रका मानिसहरुसँगको समन्वयमा अभियान चलाएको बताएका छन् । “यो अभियान हाम्रो साझा अभियान हो, देश बिदेशमा रहनुहुने दाजुभाईलाई दिल खोलेर सहयोग गर्न मेरो आग्रह छ, हाल जापानमा रहेका धितालले भने ।
यस क्षेत्र भित्रका गाउँघरमा आईपर्ने आपत बिपत र बिरामीहरुको समस्या लक्षित गरि एम्बूलेन्स सञ्चालन गर्ने लक्ष्य लिएको धितालले बताए ।