गोरखा– गोरखाले २ वटा मन्त्री पाएको छ । गोरखा क्षेत्र न १ का प्रदेश सांसदद्धयले प्रदेश न ४ को मन्त्रमिन्णलमा समावेश हुन पाएका हुन् । क्षेत्र न क का सांसद लेखबहादुर थापा मगरले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी पाएका छन् । भने रामशरण बस्नेतले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी पाएका छन् ।
प्रदेश प्रमुख कार्यालय पोखरास्थित सरकारी निवासमा आज आयोजित शपथ ग्रहण समारोहमा प्रदेश सचिव देवीप्रसाद ज्ञवालीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मन्त्रिपरिषद् गठनको पत्र प्राप्त भएको जानकारी गराउँदै त्यसको व्यहोरा बाचन गरेका थिए ।
नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य थापामगर गोरखा क्षेत्र न १ को ‘क’ बाट प्रदेशसभाको निर्वाचनमा निर्वाचित भएका हुन् । निकै शालीन र भद्र नेता समेत रहेका थापामगर पार्टीमा निर्विवादित नेताको रूपमा चिनिन्छन् । माओवादीको जिल्ला, प्रदेश र केन्द्रीय विभागका विभिन्न पदहरुमा बसेर काम गरिसकेको अनुभव उनीसँग छ ।
५ बर्ष्भित्रमा अन्तराष्ट्रियस्तरको सम्मेलन केन्द्र निर्माण गर्ने, उज्यालो प्रदेश कार्यक्रम अन्तर्गत सबैका घरघरमा विद्युत विस्तार गर्ने, ५ बर्ष्िभत्रमा प्रदेशका सबै स्थानीय तहको केन्द्रसँग प्रदेश राजधानीको सडक पहुँच विस्तार गर्ने, स्थानीय तहसँगको समन्वयमा २ बर्ष्िभत्र प्रत्येक गाउँ र बस्तीमा शुद्ध पिउने पानीको ब्यवस्थापन गर्ने लगायतका निर्णय छन् ।
यस्तै प्रदेशमा बोलिने सबै भाषा र संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्ने, विभिन्न जाति जनजातिको पहिचान झल्किने गरी बहुसांस्कृतिक ग्राम (मल्टिल्चर भिलेज) स्थापना गर्ने, सरकारको कार्यसम्पादनलाई चुस्त र दुरुस्त पार्नका लागि विद्युतिय सुशासनमा जोड दिने, ५ बर्षभित्र अन्तराष्ट्रिय स्तरको खेलमैदान निर्माण गर्ने, प्रदेश सरकारका सार्वजनिक लिखित प्रमाणीकरण सम्बन्धी नियमावली २०७४ स्विकृत गर्ने, प्रदेश सरकारको कार्यविभाजन नियमावली २०७४ स्विकृत गर्ने, प्रदेश सरकार कार्यसम्पादन नियमावली २०७४ स्विकृत गर्ने निर्णय भएको उद्योग मन्त्री तथा प्रदेश सरकारका प्रबक्ता रामशरण बस्नेतले जानकारी दिए ।
को हुन् थापा ?
वि.स. २०३२ मंसिर २ गते साविकको ताप्ले गाविसको वडा नम्बर ५ मा जन्मेका लेख बहादुर थापा मगर गोरखा क्षेत्र नम्बर १ को प्रदेशसभा (क) मा निर्वा्चित भएका छन् । बुवा भिम बहादुर र आमा भद्र कुमारी थापा मगरका जेठा सन्तानका रुपमा जन्म लिएका थापा पार्टीमा इमान्दार र कुशल नेताका रुपमा जिल्लामा चिनिन्छन् ।
हालसम्म कुनै पनि सार्वजानिक पद धारण नगरेका थापाले २०५१ सालबाट जनजाती आन्दोलन र विद्यार्थी आन्दोलनबाट राजनितिक यात्रा सुरु गरेका हुन् ।
आइ.एड सम्मको पढाई सम्पन्न गरेका उनी पार्टी भित्र र बाहिर स्वाभिमानी र हकि स्वभाव भएका नेताका रुपमा परिचित छन् । कम बोल्ने र बस्तुपरक निर्णय लिन सक्ने क्षमता बनाएका थापा २०५३ चैतमा भुमिगत भएका थिए ।
थापाले जनयुद्धकालमा जनमुक्ति सेनाको वटालियन कमिसार हुदै २०६० सालमा जनपरिषदका जिल्ला संयोजकको समेत अनुभव संगालेका छन् । उनी हाल नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष समेत हुन् ।
को हुन् बस्नेत
साविकको नारेश्वर ८ घर भएका रामशरण बस्नेत गोरखा क्षेत्र नम्बर १ को प्रदेश ख मा निर्वा्चित भएका हुन् । वि.स. २०१८ साल मंसिर १८ गते बुवा लिला बहादुर र आमा सिद्ध कुमारी बस्नेतको कोखबाट जन्मेका बस्नेत नेकपा एमालेका बैकल्पिक केन्द्रिय सदस्य समेत हुन् ।
२०३२ सालमा ७÷८ कक्षा पढ्दादेखि नै विद्यार्थी राजनितीमा लागेका उनी पार्टी भित्र र बाहिर इमान्दार नेताका रुपमा समेत चिनिन्छन् ।
लायन्स क्लब अफ गोरखाको दुइ कार्यकाल नेतृत्व सम्हालेका बस्नेत राजनितीमा मात्रै नभई सामाजिक अगुवाका रुपमा पनि आफ्नो छबि बनाएका छन् ।
२०४९ र २०५४ साल गरी दुई पटक नारेश्वरको गाविस अध्यक्ष निर्वा्चित भएका उनि २०५२ मा पार्टीको जिल्ला कमिटी सदस्य, उप–सचिव, सचिव हुदै २०६६ मा पहिलो पटक अध्यक्ष बनेका थिए ।
त्यस्तै बस्नेत २०६९ मा समेत जिल्ला अध्यक्षमा समेत सर्वसमत जिल्ला अध्यक्ष चयन भएका थिए । २०५५ सालमा जिल्ला विकास समितीको सभापतिका उम्मेदवार बनेका बस्नेत २०५६ र २०७० सालमा सभाषदका एमालेका तर्फबाट क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका थिए ।
हाल पार्टीको गोरखा र मनाङ जिल्लाका इन्चार्जको भुमिकामा रहेका बस्नेतले नेपाली काँग्रेसका राजेन्द्र बजगाईलाई तीन हजार छ सय ५५ ले मतान्तरले पराजित गरेका हुन् ।
प्रदेश ४ मा शुक्रबार विहान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सपथ लिएसँगै मन्त्रिपरिषद विस्तार भएको हो । यो संगै प्रदेश ४ मा मन्त्रिपरिषद ४ सदस्यीय भएको छ ।