गोरखा– जिल्लाको गण्डकी गाउँपालिका–३ फुजेल याङ्दीका ९१ बर्षका दलबहादुर भुजेलले जिवनमा कहिल्यै सोचेका थिएन् बुढेशकालमा ३ जना अपांगता भएका छोराछोरीलाई पालन पोषण गर्नुपर्छ भनेर ।
९१ बर्षका भुजेलको परविारमा ३ जना छोरा र १ जना छोरी अपांगता रहेका छन् । जेठा छोरा ५८ बर्षका हापे भुजेल बेखर रहेका छन् । उनी २५ बर्षको उमेर छदाँ घर छोडेर गएको सम्झना छ दलबहादुरलाई । तर अहिलेसम्म उनी काँहा छन् । केही खकर छैन् ।
बुढेसकालमा बावुआमाको साहाराका रुपमा छोराछोरीलाई हेर्न चलन नेपाली समाजमा छ । तर उनको परिवारमा त्यस्तो भएको छ जसको सहारा उनी आफै बनेका छन् । बुढेसकाल लाग्दै गदै श्रीमतीको मुत्यु भयो । तव उनी सपाङ्ग थिए ।
त्यसबेलाको सम्झना उनको मनसपटलमा ताजै छ । त्यो बेलामा उनीसँग बल थियो । गाउँको सबैभन्दा बलिया र जमिनदार थिए उनी । तर अहिले खेतीबारी सब बाझो भयो । कसले गरीदिने ती खेती ।
कुनै बेला जमिनदार समेत रहेका भुजेल ११ बर्ष भयो ओछ्यान छोडेका छैन् । उनलाई दम रोक छ । उनका माइला छोरा बर्ष ५५ का राम बहादुर भुजेल घिर्सिएर खाना पकाउछन् । उनी आफैले घरमा रहेका बुवा र भाई चन्खबहादुर भुजेललाई खाना पकाएर खुवाउछन् ।
१० को उमेरसम्म उनी र भाई अनि उनका वहिनी देवी थापा–४५की (विवाहित) पनि सपाङ्ग थिए । तर अहिले उनीहरु अहिले सिघा भएर हिडठुल गर्न सक्दैनन् । हातभरी घाउ नै घाउ छ रामबहहादुरको । के भएको भन्दै उनी भन्छन् आगो बाल्दा लाईटरले पोलेको उनी सम्झछन् ।
घर बनाइदिने अभियानमा रेखा
पेसाले श्रृगार साम्रागी उत्पादन गछीन् रेखा लोप्चन तामाङ । जिल्लामा नै पहिलोपटक सरसफाई साम्रागी उत्पादन गर्ने उनी कतारमा रहेका आफ्ना साथी मार्फत भुजेल परिवारका सबै सदस्य अपाङ्गता रहेको थाहा पाईन अनी उनी स्थानिय विष्णु पन्थको सहयोगमा याङ्दी पुगिन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले त्यहीबाट फेसबुक लाइभ गरीन् ।
उनी सुरु भयो उनको अभियान । भन्छीन् सुरु सुरुमा त मैले सोचेको पनि थिइन यति मात्रामा सहयोगी हातहरु ऋगि बढ्छन् भनेर । करिब २ महिनाको अवधीमा उनले ५ लाख ९४ हजार २७४ रुपैया रकम जुटाइन् ।
हामीले नगरे कसले गर्छ, अहिले नगरे कहिले गर्ने भन्ने मुल मन्त्रका साथ सञ्चालित अभियानमा अहिले गण्डकी गाउँपालिका र वडा न ३ का वडाकार्यालयको सहयोगमा उनले घर बनाउने अभियानमा रुपान्तरण भएको छ । गाउँपालिकाका प्रमुख होमबहादुर रानाले समेत उनको अभियानमा खुलेर प्रशंसा गरे ।
सात महिना अगि स्थानिय तहको निर्वाचनबाट निर्वाचित रानाले समाजिक सेवा खासै गर्न नपाएको सुनाए । मेरो पनि यस्तै इच्छा त थियो तर मैले हाम्रो गाउँपालिकामा यस्तो परिवार पनि होलान् भनेर कहिल्यै सोचेको थिइन । गाउँकार्यापालिकाको पहिलो वैठकले अपाङ्गता भएका,
गरिव, असाय तथा विपन्न परिवारलाई ३ लाख सहयोग गर्ने घोषण गाउँपालिकाले गरेको थियो ।
अपाङ्गता मैत्री घर बनाउने अभियानमा गाउँपालिकाको सहयोग : राना
गाउँपालीका अध्यक्ष रानाले अपाङ्गता मैत्री घर बनाउने अभियानमा गाउँपालीकाले पुण रुपमा सहयोग गर्ने घोषणा समेत गरे । भुकम्प प्रतिरोधत्मक घर बनाउने अभियानमा गाउँपालिकाले कुनै पनि प्रकारको कन्जुसाँइ नगरी सहयोग गर्न बताए । गाउँपालिकाको कार्यापालिकाको पहिलो बैठकले ३ लाख रुपैया सहयोग गर्न सक्ने भनी निर्णय समेत गरका छौ ।
हाम्रो पहिलो कार्यान्वयन नै भुजेल परिवारबाट सुरु हुने बताए । स्थानिय तहले प्रदान गर्ने अपाङ्ग परिचय पत्र क श्रेण्ीकोले पाउने ख श्रेणीकोले नपाउने रहेछ । हामीले स्थानिय तहले गर्न सक्ने भनी आएको हुदाँ गाउँपालिकाले उहाँहरु दुइजनाको सबैभन्दा पहिलो अपाङ्ग परिचय पत्र प्रदान गर्ने बताए ।
अपांगता मैत्री घर बनाइने
भुजेल परिवारलाई गाउँपालिका, वडा कार्यालय र अभियन्ता रेखाको समन्वयमा अपांगता मैत्री घर बनाउने सहमती भएको छ । गाउँपालिकाले ३ लाख दिने, रेखाको समन्वयमा उठेको ६ लाखले अपांगता मैत्री घर बनाइने छ । २ कोठाको घर निर्माण गर्ने गरी उनीहरुलाई विच भागमा रेलिङ राखी भित्र बाहिर गर्न सहज हुने गरी घर निमाण गर्ने वडा न ३÷४ का प्राविधिक पुर्ण बसढाले जानकारी दिए ।
करिव २ महिनामा निमार्ण कार्यसक्नेगरी काम थालनी गर्ने बुढाले बताए । अब यो अभियान रेखाको मात्रै रहेन, वडा कार्यालयको पनि रह्यो, वडा अध्यक्ष श्रेष्ठले भने । यस्तो प्रकारको घर निमार्ण गर्न दक्ष जनशक्तीको अभाव रहेको भन्दै उनीहरुले भने यहाँ मात्र होइन् प्राय जिल्लामा नै दक्ष जनशक्ति पार्याप्त छैनन् त्यसैले हाम्रो लक्ष्य अनुसार काम नहुन पनि सक्छ, उनले भने ।
समाजिक सञ्जालबाट कसरी उठ्यो ६ लाख
समाजीक सञ्जाल फेसबुक मार्फत लाईभ गरेपछि धेरै खालका प्रतिक्रिया आए । साथीहरुले सहयोग गछु भन्दै फोन तथा समाजीक सञ्जालमा मेसेज गरी सहयोग गर्ने आश्वसन आउन थाले अनी सुरु भयो उनको पहिलो चरणको अभियान । पहिलो चरणमा १ लाख ९० हजार हाराहारी रकम जम्मा भएपछि उनी फेरी भुजेलको घरमा पुगिन् ।
प्रवासमा रहेका युवाहरुको सहयोगमा त्यो रकम जम्मा भएको उनले सुनाइन् ।
पहिलो चरणको सहयोग रकम कसरी ब्यबस्थीत गर्ने भनेर उनको मनमा विभिन्न शंका उपशांका उत्पन हुन थाल्यो । अनि गोरखाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत संरक्षक रहने गरी वडा कार्यालय र गाउँपालिकाको सिफारिसमा पैसा निकाल्ने मिल्ने गरी उनीहरुको नाममा राष्ट्रिय बाणिज्य बैङ गोरखा शाखामा खाता खोलेपछि फेरी उनीको दोस्रो चरणको अभियान सुरु भयो, उनले भनिन् ।
दोस्रो चरणको अभियानमा करिव ४ लाख हाराहारीको रकम जम्मा भयो । देश तथा विदेशमा रहेका साथीहरु मार्फत उनले त्यो रकम जम्मा गरेको बताइन् ।
आज भुजेलका घरमा नै पुगेर गाउँपालिकाका प्रमुख राना, वडा न ३ का वडाअध्यक्ष नारायण श्रेष्ठ, स्थानिय रामकुमार श्रेष्ठ लगायतको उपस्थितिमा एक कार्याक्रमका विच चियापान तथा चेक हस्तान्तरण कार्याक्रम गरी ५ लाख ९४ हजार २७४ रुपैया बरावरको चेक हस्तान्तरण समेत गरियो ।
भिडियाे