पोखरा– नेकपा माओवादी केन्द्र प्रदेश न ४ मा चरम अन्तरविरोध चुलिदै गएको छ । प्रदेश सरकारमा गोरखाका दुई र तनहुँका एक मन्त्रिले हिजो सपथ लिएसँगै कास्कि जिल्लाबाट निर्वाचित सांसदहरूले विरोध जनाएका छन् । उनीहरूले ९ सांसदले हालका मन्त्रीमाथी अविस्वासको प्रश्ताव पेश गर्ने तयारी गरेका छन् ।
शुक्रबार साँझ विरोधकै बीच तनहूँका सांसद तथा संसदीय दलका नेता समेत रहेका हरिबहादुर चुमान र गोरखाका सांसद लेखबहादुर थापालाई मन्त्री सिफारिस गरिएको थियो ।
साँझ नै उनीहरुको मन्त्रालय समेत तोकेर शपथ गराईएको छ । चुमानले आन्तरिक मामिला तथा कानुन (गृह) र थापाले भूमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी पाएका थिए ।
कास्किले मन्त्रि पाएन
माओवादी निर्वा्चित सांसदहरूले कास्कीले मन्त्रि नपाएको भन्दै विरोध जनाएका हुन्र । उनीहरूले भुगोल हेरेर मन्त्रिमन्डल बिस्तार गर्नुपर्नेमा उनीहरूको जोड रहेको थियो । गोरखाले पाएको २ मन्त्रिमा थापा माओवादीका हुन् भने बस्नेत एमालेका हुन् । त्यस्तै तनहुँबाट मनत्रि बनेका चुमान पनि माओवादी कै हुन् ।
कास्कीबाट निर्वा्चित माओवादी सांसद दीपक कोइरालाले खल्तीबाट मन्त्री दिनु जिम्मेवार नेताको गल्ती भएको बताए । माओवादी केन्द्रका प्रदेश ४ का संयोजक हरि अधिकारी र ईन्चार्ज देव गुरुङको उपस्थितीमा मन्त्री चयन गरिएको हो । चुमानलाई गुरूङले र थापामगरलाई अधिकारीले सिफारीस गरेका हुन् ।
विरोध स्वरुप माओवादीका ६ सांसद मन्त्रीको शपथ ग्रहण कार्यक्रममा समेत उपस्थित भएनन् । कोइराला सहित रामजी बराल, गायत्री गुरुङ, विनोद केसी, दीपक चर्तिमगर र चन्द्रबहादुर बुढा शपथ कार्यक्रममा उपस्थित थिएनन् ।
बैठक बसेपछि गम्भीर छलफल हुनुपर्छ । को मन्त्री भयो हामीलाई जानकारी पनि छैन, हामीसँग सल्लाह नै नगरी मन्त्री पठाईएको हो । यो निर्णय मान्य छैन, कोइरालाले दुखेसो गरे ।