तनहुँ- फागुन २३ देखी चैत ३ गतेसम्म तेस्रो दमौली महोसत्व हुने भएको छ । तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईले तेस्रो दमौली महोसत्व गर्न लागेको हो ।
आर्थिक दृष्टिकोणले ज्यादै महत्वपुर्ण मानिने दमौली महोसत्व पुस २७ गते देखी सञ्चालन गरिने भनिए पनि संघ र विभिन्न बजार इकाईको अधिवेशनका कारण स्थगित भएको थियो ।गत पुस २२ गते दमौली बजार इकाई अधिवेशन सम्पन्न भई नयाँ कार्यसमिति आएपछि उक्त समितिले महोसत्व निर्णय गरेको हो ।
महोसत्वमा ५ करोड बराबरको आर्थिक करोवार हुने लक्ष्य आयोजकले राखेको छ भने महोसत्व खर्च कटाएर ४० लाख नाफा हुने अनुमान गरिएको दमौली बजार इकाईका सभापति राजकुमार श्रेष्ठ ( राकु)ले जानकारी दिए ।स्थानीय व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको महोसत्व ५ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य रहेको बजार इकाईका सचिव एंव महोसत्वका प्रवक्ता दधिराज घिमिरेले जानकारी दिए ।
महोसत्वको मुनाफाबाट बजारमा सिसिटिभि क्यामराको व्यवस्था गरिने, दमौलीमा अव्यवस्थित रुपमा सञ्चालित खुल्ला तथा फुटपाथ व्यवसायलाई इकाई समिति मार्फत जग्गा झाडामा लिएर टहरा बनाई व्यवस्थापन गरिने घिमिरेको भनाई छ । स्थानीय व्यवसायीलाई प्रवद्र्धन गर्न इकाईमा आवद्ध व्यवसायीहरुलाई ३० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
महोसत्वमा खाना, कृषि तथा घरेलु उत्पादन, फेन्सी र घरेलु उपभोग्य सामान लगायतका व्यवसायिक र सेवामुलक गरी २ सय स्टल रहने आयोजकले जनाएको छ ।महोसत्वले स्थानीय उत्पादनको बजारीकरण र व्यापार प्रवद्र्धनका साथसाथै जातीय संस्कृती संरक्षणमा समेत महत्वपुर्ण योगदान पु¥याउने तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठले विश्वास व्यक्त गरे ।
“कृषि हाम्रो आर्थिक विकासको आधार, दमौली महोसत्व व्यवसाय प्रवद्र्धनको पुर्वाधार” भन्ने मुल नाराका साथ सञ्चालन गरिने महोसत्वमा हस्ताकला , बाल उद्यान तथा रमाइलो मेला, राष्ट्रिय कलाकारहरुको संस्कृतिक प्रस्तुती लगायत मुख्य आकर्षण रहने आयोजकले जनाएको छ ।
तनहुँ सदरमुकाम दमौलीमा प्रत्येक वर्ष आयोजना गरिने महोसत्व यस एउटा वर्षमा तनहुँ उद्योग बाणिज्य संघले र अर्को वर्षमा दमौली बजार इकाइले महोसत्व आयोजना गर्दै आइरहेका छन् ।