गोरखा- लामो समय देखि भिमसेन गाउँपालिकामा जारी केन्द्र विवादका कारण आम सर्वसाधरण मार्कामा परेका छन् । गाउँपालिकाको कार्यालयमा १८ दिन देखि भिमसेन गाउँपालिका-५, का प्रेमचन्द्र श्रेष्ठ नेतृत्वको संयुक्त संघर्ष समिति ले तालावन्दी गरेको छ भने १६ दिन देखि रिले अनसन जारी राखेको छ ।
गाउँपालिका प्रमुख ईश्वर पाण्डेले निर्वाचन आचारसंहिता उलङ्गन गर्दै किर्ते कागजातको प्रयोग गर्दै प्रक्रियागत क्रुटी गरी सर्वोपयूक्त स्थान साविकको केन्द्र बगुवाबाट अन्यत्र सार्ने निर्णय गराएको आरोप लगाउदै वगुवामा गत पौष महिना देखि आन्दोलन चर्किएको छ । केहि समय अगि ३ बुदे सहमति भएपछि साम्य भएको आन्दोलन फेरी उग्ररूप लिएको छ ।
१८ दिन सम्म गाउँपालिका कार्यालय तालावन्दी, चक्काजाम, गाउँपालिका बन्द सम्म गराएको संयुक्त संघर्ष समितिले माघ ७ गते जिल्ला स्तरिय राजनितिक दलको वैठक गोरखाका प्रमखु जिल्ला अधिकारी जितेन्द्र बस्नेतको समन्वयमा भए पछि आन्दोलन स्थगित गरेका थिए ।
गाउँपालिका प्रमुख ईश्वर पाण्डे विवाद सुल्झाउने भन्दा बल्झाउन उद्दत रहेको आरोप लगाउदै संयुक्त संघर्ष समितिले पुनः माघ २९ गते देखि गाउँपालिका कार्यालय तालावन्दी र फागुन २ गते देखि रिले अनसनको सुरुवात गरेका थिए ।केन्द्र विवादका कारण गाउँपालिका कार्यालयको सम्पूर्ण कामकाज ठप्प भएको छ ।
एकल महिला र बृद्धबृद्धाले सामाजिक सुरक्षा भत्ता पाएका छैनन्, शिक्षक कर्मचारीहरुको तलबभत्ता रोकिएको छ भने करिव २८ करोड बजेट फ्रिज हुने अवस्था रहेको देखिन्छ । संयुक्त संघर्ष समितिले भने पाण्डेले गराएको निर्णय गैरन्यायिक र संवैधानिक त्रुटी सहितको रहेको ठहर गर्दै भिमसेन गाउँपालिका को केन्द्र बगुवामा नै कायम हुनु पर्ने दावि गरेको छ ।
भिमसेन गाउँपालिका-५ का ९३ बर्षे अनसनकारी बृद्धा बाटुले सुनार भने यस गाउँपालिको केन्द्र बगुवामा हुनुपर्ने तर्क राख्छन् । भन्छन् ‘केन्द्र भनेको विचमा हुन्छ र सवैको माझ बगुवा भएकोले बगुवालाई भिमसेन गाउँपालिकाको केन्द्र बनाइनु पर्छु । केन्द्र बगुवा कायम गर्न सर्वदलियरसर्वपक्षिय रिले अनसन भनी लेखिएको व्यानरमा ५ जना रिले अनसनकारी अनसन बसेका छन् ।’
सांसद भेट्न आए तर निर्णय गर्न सकेन्यस क्षेत्रबाट माओवादीले २ र एमालेले एक स्थानमा विजयी भएका हुन् । प्रतिनिधि सभा तर्फ माओवादी केन्द्रका हरीराज अधिकारीले जितेका थिए भने प्रदेश क मा माओवादीकै लेखबहादुर रानामगर र द मा एमालेका रामशरण बस्नेतले जितेका थिए ।
बगुवाका स्थानियले भने रिले अनशनमा आएर यस क्षेत्रका सांसदले आफ्ना भाषण गरेर जानु भयो तर अहिलेसम्म कुनै प्रकारको छलफल तथा सहमति भएको छैन भन्द गुनासो पोखे ।चुनावको समयमा हामी निर्वाचित भएपछि सबै समस्याको समाधान गर्छौ भन्दै आबश्वसन बाढे तर अहिलेसम्म केहि छलफल गरेरन् ।
यहि प्रदेशबाट जितेका सांसदहर अहिले प्रदेश सरकारको महत्वपुर्ण मन्त्रालयमा पुगेका छन् । ‘क’ बाट विजयी भएका थापामगर मी व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेका छन् । भने, ‘ख’ बाट विजयी सांसद उद्योग, बन तथा पर्यटन मन्त्री बनेका छन् । उनी प्रदेश न ४ को प्रवत्ता समेत हुन् ।
आबश्वसन मात्रै बाढेपटक पटक गरी भएको केन्द्र विवादले भिमसेन गाउँपालिकाका जनता थप मारमा परेका छन् । बिकासका लागि आएको बजेत देखि कर्मचारी तथा समाजिक् सुरक्षा भत्ता समेत पाउन सकेका छैनन् यि गाउँपालिकाले जनताले । प्रायजसो हुने सेवा समेत ठप्प छ । कुनै पनि सरकारी कामकाज समेत भएको छैन् ।
तर यस क्षेत्रबाट निंर्वाचीत प्रतिनिधि सभा तथा प्रदेश सभा सांसदहरूले भने जनतालार्इ आवश्वासन मात्र बाढेका छन् । तिनै जना जनप्रतिनिधिहरुले अनसन स्थलमा आयोजित कार्यक्रममा संवोधन गर्दै राज्यले गाउँपालिकाको केन्द्र विवादलाई प्राथमिकताको साथ हेरेको र छिटो भन्दा छिटो वार्ता र संवादको मार्गबाट अघि बढ्न आग्रह गरे ।
उता संयुक्त संघर्ष समितिका संयोजक श्रेष्ठले भने आफुहरु न्यायको निम्ती चरणबद्ध संघर्षमा रहेको र केन्द्र बगुवा कायम नहुन्जेल सम्म रिले अनसन जारी राख्ने र आन्दोलन सं–संगै वार्ता र संवाद प्रक्रियावाट अघि बढ्न पनि तयार रहेको बताए ।