काठमाडौँ– गायिका शोभा परियारको ‘तिमीले छोडेपछि कति रुन्छु होला’ गीतको म्युजिक भिडियो बजारमा आएको छ |
गायिका परियारको यो पहिलो गित भने होइन | गोरखा घर भएकी गायिका शोभाको यो भन्दा अगाडी पनि मित्र केसीको सहयात्रामा ‘मेरो आखाँमा हेरेर भन’ भन्ने नेपाली आधुनिक गीतको म्युजिक भिडियो बजारमा आइसकेको छ |
गितमा मित्र के. सि. को सब्द तथा संगीत रहेको छ भने गीतको म्युजिक भिडियो फ्लोरिना फिल्मस् प्रा. लि. ले बजारमा ल्याएको हो | म्युजिक भिडियोमा अभिनय प्रसान्त र असिमा को रहेको छ |
नेपाली संगीत बजारमा बिस्तारै आफ्नो गायनमा जम्दै गरेकि शोभा परियारको अरु पनि गीतको म्युजिक भिडियो बजारमा छिट्टै आउने तयारीमा छन् |