काठमाडाैँ– २०७२ सालको विनाशकारी भुकम्पले घर भत्किएपछि अस्थायी टहरामा बस्दै आएका गोरखाको शहिदलखन गाउँपालिका–७ का धनबहादुर दम्पतिले अब अपाङमैत्री घरमा बस्न पाउने भएका छन् ।
वडा न ७ का वडाअध्यक्ष शरण श्रेष्ठको पहलमा सामाजिक सञ्जाल फेसबुकबाट उनीहरुको अबस्था सार्वजनिक गरेपछि विभिन्न सहयोगी मनहरुले सहयोग गरेपछि उनीहरुले घर पुर्ननिमार्णको कामले गति लिएको हो ।
आफ्ना तीनै जना सन्तानमा अपांगता भएपछि धनबहादुर दम्पतिाई समस्या भएको थियो । नयाँ घर बनाउन नसकेपछि उनी त्यही भत्केको घरमा बाध्य भएका थिए । वडाअध्यक्ष श्रेष्ठको पहलमा धनबहादुरलाई घर बनाइदिने अभियानमा जुटे र सहयोग रकम संकलन गर्न थाले । उनको पहलमा करिब ९ लाख ६९ हजार ३८७ रुपैयाँ रकम जम्मा भएसँगै धनबहादुरलाई नयाँ घरमा बसाउने अभियान पूरा हुन लागेको हो ।
कमजोर आर्थिक अवस्थाका कारण ज्याला मजदुरी गरेर गुजारा टार्दै आएका धनबहादुरलाई घरको व्यवस्था गर्न मुस्किल परिरहेको थियो । शरणको अभियानका कारण धनबहादुरको परिवारले अब भूकम्पप्रतिरोधी घरमा बस्न पाउने भएको छ ।
अपांगता भएका ३० वर्षकी जेठी छोरी लीला, १९ वर्षकी कान्छी छोरी शिला र १६ वर्षका छोरा राजीव श्रेष्ठ हिँडडुल गर्न र राम्रोसँग बोल्न सक्दैनन् । ‘गोरखामा रहेको नेपाली सेनाको श्री रणसिह दल गणबाट श्रमदान गर्नका लागि पहिलाे चरणामा १२ जनाका दरले १५ दिनसम्म धनबहादुरको घर निर्माण गर्न नेपाली सेनाको टोली अाउनुहुने छ’ उनले भने ।
घर बनाऊने कार्य अगी बढि सकेकाे छ, ९ वटा जग खनि सकेको र ९ वटा नै पिल्लर हाल्ने काम भोलि बाट सुरू हुने श्रेष्ठले भने । नेपाली सेनाकाे १२ जनाको टोलीले सो घर निमाणमा श्रमदान गर्ने भएका हुन् ।
करिव १५ लाख ५० हजार लागतका निमार्ण सम्पन्न हुने घर जेठको पहिलोहप्ता धनबहादुर दम्पतिलाई हस्तान्तरण गर्ने योजना श्रेष्ठको छ ।