रोजगारीको सिललिमा हरेक युवाहरू जस्तै आफ्नो सुन्दर भविष्य खोज्दै सन् २००४ मा कतार प्रवेश गरेका गोरखा खोप्लाङका ३३ वर्षे राकेश श्रेष्ठ हाल गोल्वल सोर्स कन्ट्याट्रिङ एन्ड क्लिनिक डब्लु.एल.एल तथा ब्राइड डेजर्ड कन्ट्याट्रिङ एन्ड सभिसेजका सञ्चालक हुन ।
श्रीमती ,एक छोरा र एक छोरीका साथ कतारमा बसोबास गरेका श्रेष्ठ एक सफल व्यवसायीको रूपमा चिन्छिन् । व्यवसायको साथ साथै सामाजिक क्षेत्रमा पनि सक्रिय श्रेष्ठ गोरखा सेवा समाज कतारका अध्यक्ष पनि हुन । उनै श्रेष्ठसंग कतार बसाइको अनुभवहरू, सामाजिक क्षेत्रका अनुभवहरूको समसामयिक विषयमा गरिएको छोटो कुराकानीको सम्पादित अंश ।
कतार बसाई कस्तो छ ?
कतार बसाई ठिकै छ, सन्तुष्ट छु ।
तपाई सामाजिक क्षेत्रमा पनि कार्यरत हुनुहुन्छ । सामाजिक कार्यमा लाग्नु पर्छ भन्ने प्रेरणा कसरी मिल्यो ?
म कतार आएको बेलामा नै कतारमा गोरखा सेवा समाज छ भन्ने थाहा पाए“को थिए । सन २००४ देखी कतारमा भए पनि समय अभावले संस्थामा आबद्ध भएको थिइन । पछि समयले साथ दिन थाल्यो अनि आबद्ध हुनको लागि समाजका तत्कालीन अध्यक्ष श्रीकृष्ण भट्टराईलाई सम्पर्क गरे । समाजमा आउन थालेपछि अझै झन् समाज प्रतिको दायित्व बोध हुँदै गयो । त्यसपछि बल्ल मलाई समाज चाहिने रैछ भन्ने प्रेरणा जाग्यो अनि सक्रिय भएर लागेको हु“ ।
सामाजिक संस्थाको लिड गरिराख्नु भएको छ ?कतारको सामाजिक संस्थाहरूको अवस्था कस्तो पाउनु भएको छ ?
समाज सेवा मेरो नशा बनी सकेको छ । समग्रमा भन्नु पर्दा कतारमा सामाजिक संघ संस्थाहरूले राम्रो भूमिका निभाएका छन् भन्ने मेरो बुझाई छ । साताभरि काम गरेर बचेको समयलाई सदुपयोग गर्दै कतारमा समस्या परेकाहरूको मात्र नभई आफ्नो गाउँ ठाउँको विकासमा जुट्नु भएको छ ।
यो निकै प्रशंसनीय कार्य हो जस्तो मलाई लाग्छ । कतारको समाजीक संघ संस्थाहरूमा अलि सहकार्य कमी र राजनीतिक चलखेल बढी भएको चाहिँ देखेको छु , यो नराम्रो पक्ष हो । समग्रमा भन्ने हो भने राम्रो नै छ ।
समाजमा आबद्ध नभएका साथीहरूलाई के भन्न चाहनुहुन्छ ?
समाज भनेको हामी सबैको साझा हो । समाजमा आबद्ध भएर अगाडी बढ्नको लागि सबैलाई आग्रह गर्दछु । भोली कसैले देखेको छैन ,हामी विदेशमा र्छौ । विदेशमा बस्दा अनेकौँ अप्ठ्याराहरू आउन सक्छन् । आफूलाई दुख पर्दा मात्र समाजमा आउने धेरै साथीहरू हुनुहुन्छ । त्यसैले समय मिले सम्म समाजमा आबद्ध हुनको लागि आग्रह गर्दछु । समाजमा आएपछि नयाँ“ केही कुराहरू जान्न सकिन्छ, साथीभाइ भेटघाट हुन्छ ।
गोरखा सेवा समाज कतारको भावी योजनाहरू के के छन् ?
गोरखा सेवा समाज ,कतारको पूर्व अध्यक्षहरूले अघि सारेका योजनाहरू मध्ये अध्यक्ष कोष हस्तान्तरण अहिले यो कार्यकालमा भएको छ । भोलीको आउने दिनहरूमा त्यसैलाई राम्रोसँग सञ्चालन गर्ने उद्देश्य हो । संस्थाले नियमित रूपमा गर्दै आएको वार्षिक भेलाहरू, विभिन्न सामाजिक गतिविधिहरूलाई निरन्तरता दिनेछु ।
गोरखा सेवा समाज कतारको भावी योजनाहरू के के छन् ?
गोरखा सेवा समाज ,कतारको पूर्व अध्यक्षहरूले अघि सारेका योजनाहरू मध्ये अध्यक्ष कोष हस्तान्तरण अहिले यो कार्यकालमा भएको छ । भोलीको आउने दिनहरूमा त्यसैलाई राम्रोसँग सञ्चालन गर्ने उद्देश्य हो । संस्थाले नियमित रूपमा गर्दै आएको वार्षिक भेलाहरू, विभिन्न सामाजिक गतिविधिहरूलाई निरन्तरता दिनेछु ।
गोरखा सेवा समाज कै मातहतमा भएको सांस्कृतिक समूहलाई संकृय बनाउने र यसैको मातहतमा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गर्ने, खेलकुद कार्यक्रमहरूको आयोजना गर्ने साथै कतारमा समस्या परेका नेपालीहरूको हकहितमा कार्य गर्ने छ । यसका साथ साथै नेपालमा रहेको गोरखा सेवा समाज नेपालसँग सहकार्य गर्दै संस्थाको उद्देश्य प्राप्तिको लागि गोरखा जिल्लामा लक्षित गरेर सामाजिक कार्यहरू गर्नेछ ।
तपाईँको व्यक्तिगत जीवनतिर फर्कौँ, कतार बसाइमा के कति उपलब्धिहरू भए?
कतार बसाइको उपलब्धि भनेको आर्थिक पक्ष महत्त्वपूर्ण पाटो हो । भर्खर मात्रै व्यवसाय सञ्चालन गरेको छु ,यसलाई अलि मजबुत बनाएर अगाडी बढाउनको लागि तत्पर रहेको छु । कतारमा रहेर सामाजिक कार्यमा सहभागी भई धेरै साथीभाइहरू कमाएको छु । समग्रमा भन्नु पर्दा कतार बसाइबाट सन्तुष्ट छु ।
कतार बसाई कति लम्बाउने विचार छ ?
सुरुमा एक दुई वर्ष भनेर आएको बस्दै जाँदा आज एक दशक भन्दा बढी भयो । अहिले सम्मको कतार बसाइँबाट सन्तुष्ट रहेकोले तुरुन्तै कतार बसाइँलाई अहिले नै टुङयाउने योजना छैन तर भविष्यमा आई पर्ने समस्याहरूले के हुन्छ भन्न सकिन्न ।
कतार बसाई कति लम्बाउने विचार छ ?
सुरुमा एक दुई वर्ष भनेर आएको बस्दै जाँदा आज एक दशक भन्दा बढी भयो । अहिले सम्मको कतार बसाइँबाट सन्तुष्ट रहेकोले तुरुन्तै कतार बसाइँलाई अहिले नै टुङयाउने योजना छैन तर भविष्यमा आई पर्ने समस्याहरूले के हुन्छ भन्न सकिन्न ।
अन्तमा केही छ की ?
कतारमा रहेको व्यवसायी साथीहरू र संघ संस्थाहरूमा आबद्ध सहकर्मी साथीहरूको साथ र सहयोगले नै आज यो स्थान पाएको छु । यो साथ र सहयोग निरन्तर पाइरहनेमा आशावादी छु ।
गोरखा सेवा समाज कतारको मुख पत्र गोरखा दीप मार्फत आफ्नो भनाइहरू राख्न मौका दिनु भएकोमा गोरखा दीप प्रकाशन समूहलाई हार्दिक धन्यवाद दिन चाहन्छु । भविष्यमा पनि गोर्खाली साथीहरूको बिचमा रही सामाजिक कार्यमा कटिबद्ध रहने प्रतिबद्धता जाहेर गर्दछु ।