गोरखा– भवन, सडक तथा पुल निर्माणको ठेक्का लिएर लापरबाही ढंगले काम गर्ने कम्पनी र ठेकेदारको सूची बनाएर एक साताभित्र पठाउन गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरेसँगै गोरखाका ’ठेकेदार’ तस्रित भएका छन् ।
गृहमन्त्री रामबहादुर थापा ’बादल’ को निर्देशनपछि गृह मन्त्रालयले प्रशासन कार्यालयहरूलाई गत शुक्रबार परिपत्र प्राप्त गरेसँगै जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले ठेकेदारको नालीबेली संकलन गरेसँगै उनीहरू श्रसित भएका हुन् ।
जिल्लास्तरमा सञ्चालित विकास निर्माण, सबै आयोजना, परियोजनाको अनुगमन गरी विवरण संकलन गर्ने, समयमै कार्य सम्पन्न नगर्ने फर्म, ठेकेदारको ठेगाना, सम्पर्क नम्बरसमेतका विवरण एक साताभित्र तयार गरी मन्त्रालयमा सफ्ट कपीसहित पठाउनु भन्दै जिल्लालाई परिपत्र गरेको थियो ।
जिल्ला प्रशासन कार्यलय गोरखाले हाल जिल्लामा सञ्चालित करिब ६५ वटा आयोजना निर्माण गर्ने भन्दै ठेक्का लिएका ठेकेदारको सुची तयार गरेको छ । उनीहरको सुची मन्त्रालयमा पठाउने तयारी अन्तिम चरणमा पुगेको प्रजिअ भट्रराई बताउछन् ।
’हामीले जिल्लाका करिव ६५ आयोजना निर्माण गर्न जिम्मा लिनुभएका कम्पनी तथा फर्मका ठेकेदारको सुची तयार गरेको छौँ, सम्भवत एक–दुई दिनमा नै हामी मन्त्रालयमा पेश गर्छाै’ उनले भने ।
जो दोषी उसलाई छोड्दिन – प्रजिअ भट्टराई
गत शुक्रबार जिल्लाका कार्यलय प्रम्रखहरूको बैठकमा आक्रमक रूपमा प्रस्तृत भएका प्रजिअ भट्टराईले सम्बन्धित कार्यलयलाई तिन दिन भित्र उनीहरुले ठेक्का लिएको काम, सम्झौता मिति र हालसम्मको प्रगति विवरण उतारेर प्रशासन कार्यलयमा प्रेश गर्न निर्देशन दिएका थिए ।
‘शुक्रबार सबै विकास निर्माणको काम गर्ने कार्यालयहरुलाई विस्तृत विवरण पेश गर्न आग्रह गरेको थिएँ’ उनले भने ‘आजसम्म सबै उपलब्ध भएको छ । यसको तत्काल अध्ययन गरेर कारबाही प्रक्रिया अघि बढाउनेछु ।’ ठेकेदारको कारण काममा ढिलाइ भएको भए ठेकेदारलाई सरकारी कर्मचारीका कारण काममा लापार्बाही भएको भए कर्मचारीलाई पनि नछाड्ने उनले बताए ।
प्रशासनले तयार पारेको ३२ पान्ने विवरण अनुसार सडक कार्यालय, सिँचाइ, खानेपानी, शिक्षा कार्यालय, जिल्ला प्राविधिक कार्यालय, सहरी विकास तथा भवन निर्माण डिभिजन लगायतका कार्यालयसंग प्रगति विवरण संकलन गरिएको छ ।
बुटारको त्रिशुली नदी पुल निर्माण गर्न चारबर्षअघि सम्झौता गरेको पप्पु कन्स्टूक्शनले अहिलेसम्म जम्मा २२ प्रतिशत मात्र प्रगति गरेको छ । सोतीखोलामा मोटरेबल पुल निर्माण गर्न २०६८ सालमा सम्झौता गरेको रायमाझी इशान जेभी कम्पनीले अहिलेसम्म जम्मा ४४ प्रतिशत मात्र प्रगति गरेको जनाएको छ ।
सिँचाइ कार्यालयले चोरकाटे लिफ्ट सिँचाइ योजनासँगै चारवटा बिभिन्न आयोजनाका साथमा ३७ वटा योजना सञ्चालन गरिरहेको छ । सो योजना क्रिस निर्माण सेवाले गतबर्ष सम्झौता गरेको थियो । यसको कार्यप्रगती शुन्यमात्रामा छ ।
त्यस्तै हिमाली मावि गाँखुको भवन निर्माणको जिम्मा लिएको स्वच्छन्द होम निर्माण सेवाले दुई प्रतिशत, विन्दवासिनी मावि नारेश्वरको भवन निर्माणको जिम्मा लिएको श्यामसुन्दर निर्माण सेवाले चार प्रतिशत, सिद्धशान्ति मावि ताक्लुङको भवन निर्माणको जिम्मा लिएको जयवुद्ध निर्माण सेवाले अहिलेसम्म जम्मा पाँच प्रतिशत मात्र काम गरेको सो विवरणमा उल्लेख छ ।
नवज्योति मावि डण्डीडाँडाको भवन निर्माणको जिम्मा लिएको श्यामसुन्दर निर्माण सेवाले जम्मा एक प्रतिशत प्रगति गरेको छ भने लक्ष्मी मावि गाईखुरको भवन निर्माणको जिम्मा लिएको एमबी गौरी पार्वती जेभीले जम्मा दुईप्रतिशत मात्र प्रगति गरेको छ ।
बारपाक लाप्राक गुम्दा सडक निर्माणको जिम्मेवारी लिएको दलचोकी निर्माण सेवाको पनि काम सुरु नै नगरी कार्यअवधि सकिएको छ । १० किलोस्थित दरौंदी नदी पुल निर्माणको जिम्मा लिएको एड्भेन्चर धनथान जेभी कम्पनीले दुईबर्षको अवधिमा सुन्यप्रतिशत प्रगति गरेको छ ।
छेकम्पारबाट तिब्बत जोड्ने गरी सडक निर्माण गर्न २०६८ सालमा सम्झौता गरेको कन्काइ गोरखा जेभीले आठबर्ष्भित्र जम्मा ४५ प्रतिशत मात्र प्रगति गरेको छ । सोही योजनाको अर्को प्याकेजको जिम्मा लिएको सूर्य गोरखा जेभीले पनि ४५ प्रतिशत मात्र प्रगति गरेको छ ।
श्यामसुन्दर निर्माण सेवाले रत्नराज्य मावि वीरेन्चोकको भवन निर्माणको काम पनि जम्मा छ प्रतिशत र आहालभञ्ज्याङ माविको भवन निर्माणको जिम्मा लिएको स्वच्छन्द होम निर्माण सेवाले जम्मा छ प्रतिशत मात्र प्रगति गरेको उल्लेख छ ।
प्रशासन कार्यालयले तयार पारेको अभिलेख अनुसार सबैभन्दा कम प्रगति सडक निर्माणको काममा भएको छ । स्याउलीबजारदेखि मनकामना मन्दिर जोड्ने सडक निर्माणको गर्ने सम्झौता गरेको एस कन्स्टूक्शनको काम सुरु नै नगरी म्याद सकिएको छ ।
११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडक योजनाको एउटा खण्ड स्तरोन्नती गर्न २०७० सालमा सम्झौता गरेको गोरखा एप्रोप्रियट कम्पनीले अहिलेसम्म जम्मा ५० प्रतिशत मात्र प्रगति गरेको छ । आँबुखैरेनी कान्टार मनकामना सडक स्तरोन्नती गर्न दुईबर्षअघि सम्झौता गरेको दीप निर्माण सेवाले अहिलेसम्म जम्मा २० प्रतिशत मात्र प्रगति गरेको अभिलेखमा उल्लेख छ ।
गोरखामा बर्दियाबाट सरूवा भएका आएका प्रजिअ भट्टराई जिल्ला आएसँगै आक्रमक रूपमा प्रस्तृत भएका छन् । जिल्लाका अबैध रुपमा नदि जन्य पदार्थ बालुवा उत्खन्न तथा निकासी अत्याधिक मात्रामा भईरहेको बेलामा जिल्ला आएका प्रजिअ भट्टराईले ठेकेदारको सुचीसँग सँगै तयार गरेका छन् ।