गोरखा- जिल्लाकाे बरपाक सुलिकोट गाउँपालिका स्थित लाकुरीबोट ग्रामीण विधुत सहकारी संस्थाले पोल खरिद र वितरणमा गरेको अनियमितताको प्रमाण फेा पारिएकाे छ । ग्रामिण विधुतीकरणमा भएको लाखाैंको अनियमिततालार्इ ढाकछोप गर्न सुलिकोट गाउँपालिकाका जनप्रतिनिधी र वडा नम्बर ५ का वडा अध्यक्ष गाेपाल गुरूङ नै सक्रिय देखिएको प्रमाण फेला पारिएकाे हाे ।
वडाका जनप्रतिनिधीहरू र लाकुरीबोट ग्रामीण विधुत सहकारी संस्थाका पदाधिकारीहरूले संस्थाको साधारणसभामा हिसाब माग्ने युवाहरूलार्इ ‘ठेगान लगाउने’ चेतावनी दिएका हुन् । बैशाख २० र २१ गते संस्थाले अाब्हान गरेको साधारणसभामा युवाहरूले संस्थागत पारदर्शीता हुनुपर्ने माग राख्दै अायव्ययको हिसाब सार्वजनिक गर्न माग गरेको थिए ।

आर्थिक अनियमितताबारे प्रश्न उठाएका स्थानीय राजु खड्का र राजेन्द्र बस्नेतलगायतका स्थानीयमाथि जार्इलाग्दै वडाअध्यक्ष गुरूङले अनियमिततामा संदिग्धहरूको खुलेर बचाउ गरेका थिए । वडा नं. ५ कै वडा सदस्य नन्दलाल थापाले समेत हिसाब माग्नेलार्इ ठिक पार्ने चेतावनी दिएको युवाहरूले बताएका छन् । अनियमितताकै विवादका कारण स्थगित साधारणसभा पुन: भोली (मंगलबार) लार्इ अाब्हान गरिएको छ ।
संस्थाले शुरूमा ताकुमाझ लाकुरीबोट र ताकुकोटमा विद्युत वितरणको जिम्मा लिएको थियो । तर, विधुतीकरण भएको केहि बर्षभित्रै संस्थाका जिम्मेवार पदाधिकारीहरुमाथि विभिन्न अार्थिक अनियमितताका अाराेप लागेको छ । उपभोक्ताहरु माैन बसेकाले यो अनियमिततामाथि खबरदारी र संलग्नमाथि कारबाही हुन सकेको छैन । गाउँपालिकाकै जिम्मेवार पदाधिकारीहरूले विधुत घोटालामा संलग्नलार्इ बचाउन खोजेपछि स्थानीय युवाहरू प्रतिवादमा उत्रिएका छन् ।
सूचनाको हकबमोजिम हरहिसाब र कामकारबाहीको विवरण माग गर्दै स्थानीयले विधुत सहकारी संस्थामा पेश गरेको निवेदन । तर, अहिलेसम्म संस्थाले मागेको सूचना नदिएको निवेदकहरूले बताएका छन् । सूचनाको हकमा उल्लेख भएअनुसार नेपाली नागरिकले कुनै सार्वजनिक निकायसँग सूचना माग गरेको १५ दिनभित्र विस्तृत सूचना दिनुपर्छ, अन्याथा पिडितले उजुरी गरेमा सम्बन्धित व्यक्ति वा संस्थामाथि कारबाही हुन्छ।

गाउँपालिकास्थित वडा नम्बर-५ (साविकको लाकुरीबोट गाविस) मा भएको विधुत घोटालामा संलग्नहरूले ‘अाफुहरूलार्इ कसैले केही लछारपाटो लगाउन नसक्ने’ भन्दै धम्क्याउने गरेको स्थानीयको गुनासोपछि लोकपथले यो ‘बिजुली काण्ड’ बारे खोतल्ने प्रयास गरेको छ । यसबारे बुझ्न हामीले सोझै संस्थाका कार्यबाहक अध्यक्ष प्रेम बहादुर गुरूङलार्इ सम्पर्क गर्याैँ । शुरूमा उनले संस्थामा खासै समस्या नभएको दाबी गरेपनि स्थानीय नागरिकले दिएका सूचना र तथ्यहरू प्रश्तुत गर्दा कमजोरी स्वीकारे।
कार्यबाहक अध्यक्ष नाजवाफ
संस्थाका पूर्वअध्यक्ष अोम गूरूङ चरम विवादमा फसेपछि ताकुकोट मोहरियाका प्रेम बहादुर गुरूङ कार्यबाहक अध्यक्षमा चयन भए । भारतीय सेनाबाट अवकाशप्राप्त गुरूङले शैन्य सेवामा रहँदा अाफुले डाक्टरी पढेको बताउने गरेका छन् र नामको अघि डा. पनि थप्ने गर्छन् । वि.सं. २०७२ देखि अाफुले संस्थाको कार्यवाहक चलाएको उनले जानकारी दिए । उनले जिम्मेवारी सम्हाल्दा ७९ हजार रूपैयाँ नाफामा रहेको संस्थाले अहिले १२ हजार घाटा भएको अार्थिक टिपोट पेश गरेको छ । संस्था घाटामा जानुको कारणबारे जिज्ञासा राख्दा उनले विधुत खपतको पैसा उठ्न नसकेको र संस्थाको अान्तरिक खर्च बढेको कारण देखाए ।
तर, संस्थाले आर्थिक वर्ष २०७३/७४ देखि विद्युतको महशुल नै नउठाउने, उठाएको महशुल विधुत प्राधिकरणमा नबुझाई संस्थाका पदाधिकारीले व्यक्तिगत खर्च गर्ने गरेका थिए । महशुल भुक्तानी नभएपछि विधुत प्राधिकरणले सो क्षेत्रको विधुत नै काटिदिएको थियो । स्थानीय युवाहरूले महशुलबारे चासो राखेपछि पदाधिकारीहरूले रातारात जरिवानासहित महशुल बुझाएका थिए ।
हिसाब खोज्नेमाथि गाउँपालिका नै खनियो
विद्युत महशुलका बारेमा यूवाहरुले चासो राखेर संस्थाका सदस्यहरुलाई मौखिक तथा लिखित रुपमा आर्थिक पारदर्शिताको माग सहित हिसाब किताब खोज्न थालेपछि सुलिकोट विधुत काण्डले उग्र रुप लिन थालेको छ । कानुनी दायरामा रहेर हिसाब किताबको माग गरेका यूवाहरुलाई विभिन्न बाहानामा संस्थाका जिम्मेवार व्यक्तिहरुले हप्काउने, तर्साउने र धम्क्याउने गर्दै आएको स्थानीयको गुनासो छ ।
विधुत सहकारीमा अनियमितता भएकाले छानबीन गरिदिन स्थानीय युवाहरूले सम्बन्धित वडामा पेश गरेको निवेदन । तर, वडाअध्यक्षले निवेदनलार्इ स्वीकार्नुको साटो पछिल्ला दिनमा विजुली काण्ड का अारोपितलार्इ बचाउन लागिपरेको स्थानीयको अारोप छ ।
गाउँपालिकाको सत्ता र कुर्सी अाफुहरूसँग रहेको जनाउँदै वडा अध्यक्ष गुरूङले अाफुहरूलार्इ कसैले केहि गर्न नसक्ने प्रतिक्रिया दिने गरेका छन् । लोकपथले गुरूङसँग टेलिफोन सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । संस्थाका अध्यक्ष प्रेम गुरूङले चाहिँ गाउँपालिकाले संस्थाको समस्या समाधान एकपटक साधारण चिठ्ठी पठाएको, तर त्यसअनुसार अाफुहरूले काम नगरेको स्वीकारे ।
गाउँपालिका अध्यक्षले नै ‘कुरा चपाए’ : खड्का
विधुत सहकारी संस्थामा अार्थिक घोटालाको ‘गडबडी’ देखेपछि स्थानीय ‘समृद्द ताकु युवा सेवा समाज’ का अध्यक्ष राजु खड्काले गत साउन ५ गते वडाअध्यक्ष गोपाल गुरूङलार्इ अावश्यक छानवीनमार्फत संस्थाको समस्या समाधान गर्न लिखित अाग्रह गरे । उनले टेरपुच्छर नगरेपछि खड्का पुन: गत कात्तिकमा गाउँपालिकाका अध्यक्ष बिष्णु भट्टकहाँ पुगे ।
गोरखाका सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट । सुलिकोटमा केहि अघि सुत्केरीको न्यानो झोला खरिदमा कर्मचारीले ‘घुस ‘लिर्इरहेको दृश्य सार्वजनिक भएको थियो । अहिले सामुदायिक विधुतीकरणमा लाखाैंको घोटाला भएको जनाउँदै स्थानीयहरू अान्दोलनमा छन् ।
तर, भट्टले स्थानीय समस्या स्थानीयतहबाटै हल गर्नुपर्ने, बाहिर हल्ला गर्नु उपयुक्त नभएको जवाफ दिएको खड्काले लोकपथलार्इ बताए । तर, हालसम्म गाउँपालिका अध्यक्षले यसबारे कुनै ठोस कदम चालेका छैनन् । गाउँपालिका अध्यक्ष भट्ट पनि लाकुरीबोटकै स्थानीय बासिन्दा भएको संस्थाका कार्यबाहक अध्यक्ष गुरूङले जानकारी दिए । उनका अनुसार स्वायत्त संस्था भन्दै गाउँपालिकाले अहिलेसम्म संस्थाको कामकारबाहीबारे खासै चासो राखेको छैन ।
पूर्वअध्यक्षले पोल बेचेर खाएको स्वीकारे
संस्थाका तत्कालिन अध्यक्ष ओम गुरुङले गाउँमा विधुत वितरणका लागि ल्याइएको फलामको विधुत पोल समेत बेचेर खाएको यसअघि नै स्विकारी सकेका छन् । अाफ्नो कार्यकालमा खरिद गरिएका २१ मध्ये १४ वटा पोल बेचेको गुरूङले स्वीकारेका हुन् ।
तनहुँ अाँबुखैरेनीस्थित विधुत प्राधिकरणको कर्मचारीलार्इ अाफुले पोल बेचेको र केही पोलहरू यत्रतत्र छाडिदिएको उनले स्थानीयबासीका सामु स्वीकार गरेका छन् । पोल बेचेर खाएको स्वीकार गर्दै गुरूङले अध्यक्षपदबाट राजनीमा दिर्इसकेका छन् ।
निर्वाचन अधिकृतलार्इ नै संस्थाको विधान दिर्इएन
संस्थाका पदाधिकारीहरूले साधारणासभा गर्न नियुक्त गरिएका निर्वाचन अधिकृतलार्इ संस्थाको विधान नै उपलब्ध गराएका छैनन् । साधारण सभाका लागि यूवाहरुले र साधारण सभाका बखत निर्वाचन गराउने जिम्मा पाएका स्वास्थ्य केन्द्र लाकुरीबोटका अधिकृत निरज शाहले समेत संस्थाको विधान उपलब्ध गराउन माग गर्दा हराएको भन्दै संस्थाका सदस्यहरुले विधान समेत लुकाएका छन् ।
विधान देखाउँदा आफुहरु पनि विधान सम्मत जानु पर्ने र आफुले चाहे बमोजिमको मान्छे समितिमा नियुक्त गर्न नसकिने हुँदा संस्थाका सदस्यहरुको नियत गलत रहेको भन्दै निर्वाचन अधिकृतको जिम्मा पाएका शाहले आफुले कुनै हालतमा निर्वाचन गराउन नसक्ने भन्दै हात झिकिसकेका छन् । संस्थाका का. अध्यक्ष गुरूङले चाहिँ हालसम्म संस्थाको कुनै विधान नै नबनेको बताए । ”विधान नै नबनार्इ किन लाखाैंको कारोबार गर्ने संस्था चलाएको ?” भन्ने लोकपथको प्रश्नमा उनले कुरा फेरे, भने ”खास कुरो चाहिँ भुर्इँचालोले पुरेको हो सर, खोज्दा भेटिएन, अहिले दमाैलीबाट मगाएको हो, प्रमाणित गरेर अाउन ढिला भएको हो ।”
प्रतिवेदन नै पेश नगरी साधारणसभा टार्ने प्रयास
गत बिहिबारको बसेको संस्थाको साधारणसभामा संस्थाका अध्यक्ष प्रेम बहादुर गुरूङ , सचिव ठाकुर भट्ट र कोषाध्यक्ष अम्बिका थापाले कुनै पनि प्रतिवेदन पेश गरेनन् । नियमानुसार साधारणसभामा सम्बन्धित संस्थाका पदाधिकारीहरूले तोकिएअनुसार संस्थाको बार्षिक प्रतिवेदन पेश गर्नुपर्छ । कोषाध्यक्षले अार्थिक टिपोट मात्रै सुनाएर कार्यक्रम सम्पन्न गर्न खोजेपछि युवाहरूले प्रतिवाद गरेका थिए । पारदर्शिताको माग गर्ने यूवाहरुलाई बोल्न नदिने, अध्यक्ष र सचिवले समेत कुनै प्रतिवेदन पेश नगरी कोषाध्यक्षले आर्थिक टिपोट मात्रै सुनाएर कार्यक्रममा झारा टार्न खोजेका थिए ।
पहिलो दिनको कार्यक्रममा यूवाहरुले आर्थिक पारदर्शिताको माग गर्दै आफुहरुले सूचनाको हक प्रयोग गरेर संस्थाको गतिविधि माथि प्रश्न उठाउन किन नपाउने भन्दै आक्रोशित भएका थिए । संस्थाको हरेक हिसाब टिपोटमा उपभोक्ताहरूले चर्को असहमति जनाएका छ्न । तर, संस्थाका अध्यक्ष गुरूङले अाफुले अाफ्नो प्रतिवेदन पढेर सबैलार्इ सुनाएको, तर सचिव ठाकुर भट्टले चाहिँ नसुनाएको दाबी गरे ।
२ किलोमिटरको ढुवानी भाडा १ लाख २७ हजार
संस्थाले गोरखाकै चनाैटेदेखि लाकुरीबोटसम्म पोल ढुवानी गर्दा २७ हजार रूपैयाँ भुक्तानी गरेपनि कोषाध्यक्ष ले १ लाख ४० हजारको बिलको टिपोट पेश गरेका छन् । चनाैटेदेखि लाकुरीबोटसम्मको दुरी जम्माजम्मी ३ किलोमिटरमात्र छ । संस्थाले १ सय १० वटा पोल ढुवानी गरेको जनाएको छ । ढुवानीकर्ताले पनि हालसम्म पोल सम्बन्धित स्थानसम्म लगेको छैन, तर स्थानीयसँग अाफुले अाफ्नो काम सम्पन्न गरिसकेको बताउने गरेको छ ।
”पोल खरिदको जिम्मा सचिव ठाकुर भट्ट र कोषाध्यक्ष अम्बिका थापालार्इ दिएको थियो, उनीहरूले पोल ढुवानी गरेर ल्याए, पछि अान्तरिक लेखापरिक्षण गर्न बिल माग्दा दिँदै दिएनन् । संस्थाले लेखापरिक्षण गरेन, तर उनीहरू अाफैं जिल्ला सदरमुकाम गएर मिलाएर अडिट गरिसकेका रहेछन्, हामी पो समस्यामा फस्याैँ,” ।
”पोल चाहिँ १७ लाखमा किनेको हो, ढुवानीलगायतको लागत जोड्दा २० लाख ८५ हजार पुगेको छ, यसमा चाहिँ गडबढ भएको छैन है हँजुर!” – संस्थाका कार्यबाहक अध्यक्ष प्रेम बहादुर गुरूङ
तर, संस्थाका कार्यबाहक अध्यक्ष गुरूङका अनुसार ठेकेदारले ८० प्रतिशत काम सकेकाले ८० प्रतिशत रकम भुक्तानी गरिसकेको बताएका छन् ।
”पोल खरिदको जिम्मा सचिव ठाकुर भट्ट र कोषाध्यक्ष अम्बिका थापालार्इ दिएको थियो, उनीहरूले पोल ढुवानी गरेर ल्याए, पछि अान्तरिक लेखापरिक्षण गर्न बिल माग्दा दिँदै दिएनन् । संस्थाले लेखापरिक्षण गरेन, तर उनीहरू अाफैं जिल्ला सदरमुकाम गएर मिलाएर अडिट गरिसकेका रहेछन्, हामी पो समस्यामा फस्याैँ,” गुरूङले भने ”पोल चाहिँ १७ लाखमा किनेको हो, ढुवानीलगायतको लागत जोड्दा २० लाख ८५ हजार पुगेको छ, यसमा चाहिँ गडबढ भएको छैन है हँजुर!”
तार किनेर अलपत्र फ्याँकियो
संस्थाका सचिव ठाकुर भट्ट र कोषाध्यक्ष अम्बिका थापाको सक्रियतामा गत बर्ष १ लाख २५ हजारमा पोलबाट ग्राहस्थ र्इकार्इसम्म विधुत प्रवाह गर्ने कालो तार खरिद गरिएको थियो । तर, सो तार हालसम्म संस्थाले प्रयोग गरेको छैन । लाकुरीबोटस्थित कुवापानी डाँडामा तार असरल्ल फ्याँकिएको स्थानीयले जानकारी दिएका छन् ।
शेयरधनीलार्इ न प्रमाणपत्र, न शेयर लगत
अार्थिक घोटालाको चरम विवादमा मुछिएको यो संस्था २०६८ सालमा सहकारीका रूपमा स्थापना गरिएको हो । हाल साे ताकुकोट र लाकुरीबोट क्षेत्रका १ हजार २५ घरधुरीले यो संस्थामार्फत विधुत उपभोग गरिरहेका छन् । उपभोक्ताका रूपमा हरेक घरधुरीले यो संस्थाको शेयर खरिद गरेका थिए ।
नियमित साधारणसभा समेत गर्न नसकेको यो संस्थाले हालसम्म उपभोक्तालार्इ शेयरधनी प्रमाणपत्र दिएको छैन । तर, नियमित साधारणसभा समेत गर्न नसकेको यो संस्थाले हालसम्म उपभोक्तालार्इ शेयरधनी प्रमाणपत्र दिएको छैन । उपभोक्ताको शेयर लागत समेत अध्यावधिक नगरिएको स्थानीयले जनाएका छन् ।
‘पुराना कुरा छाड्न’ जनप्रतिनीधिको दबाब
२० गते अायोजित संस्थाको साधारणसभा टुङ्गिन नसकेपछि २१ गते शुक्रबार संस्थाको नयाँ कार्यसमितिको निर्वाचन गर्ने कार्यतालिका थियो । तर, निर्वाचनको वातावरण तयार पार्नुको साटो निर्वाचित जनप्रतिनिधी नै संस्थागत पारदर्शीता माग गर्ने युवाहरूमाथि खनिएका छन् । अपारदर्शीतालार्इ ढाकछोप गर्ने मनशायले वडा सदस्य नन्दलाल थापाले ”पुरानो कुरा छाडौँ, नयाँ समिति बनाएर जाउँ” भन्ने प्रस्ताव राखेका थिए । घोटालाका आरोपीहरुलाई जनप्रतिनिधीले नै जोगाउन खोजेपछि यूवाहरुले विरोध गर्दा लाकुरीबोटको अवस्था तनावग्रस्त बन्न पुगेको छ ।