काठमाडाैँ- मौलिक गीत संगीतको छायामा परिरहेको बेला नेपालको परिस्थिति अनुसारको नयाँ सालैजो गीत माथी है लेकमा बजारमा ल्याएका छ्न प्रकाश कोके गुरुङले ।
जन्मेको देशमा सोचे जस्तो नभएर प्रदेशिएको कुरा लाई यथार्थ चित्रण गरिएको यस सालैजो गीतमा स्वर चर्चित गायिका शर्मिला गुरुङलाई साथ प्रकाश गुरुङले दिएका छन ।
तुलाराम बिरहीले शब्द लेखेका छन भने राजु गुरुङले संगीत भरेका छ्न । नवउदाएमान निर्देशक दिप गुरुङको निर्देशनमा तयार भएको म्यूजिक भिडियोमा प्रकाश गुरुङ र चेत कुमारी गुरुङको अभिनयको साथ साथै पश्चिमाञ्चल कल्चर ग्रुप को उत्कृष्ट नृत्य रहेको छ ।
प्रकाश गुरुङले आफ्नै यूट्यूब च्यानलबाट यस गीतलाई बजारमा लाएका हुन ।