गोरखा– जिल्लाको सहिदलखन गाउँपालिका वडा न ७ बुङ्कोट थोर्के स्थित धन बहादुर श्रेष्ठका सबै सन्तानमा अपांग भएको परिवारलाई अन्तराष्ट्रिय नेपाली कलाकार समाज ‘ईनास’ युएइले आर्थिक सहयोग गरेको छ ।
उनीहरूले गाेरखा सन्देशमा ‘सबै सन्तानमा अपांग भएको परिवारलाई घर बनाइदिने अभियानमा वडाध्यक्ष‘ शिर्षकमा समाचार प्रकाशित भएपछि करिव ४५ हजार रकम सहयोग पत्रकार लीलाधर कोईरालको मााध्यमबाट आज एक कार्यक्रमकाबीच वडाअध्यक्ष शरण श्रेष्ठलाई हस्तान्तरण गरेका हुन ।
आफ्ना तीनै जना सन्तानमा अपांगता भएपछि धनबहादुर दम्पतिलाई समस्या भएको थियो । नयाँ घर बनाउन नसकेपछि उनीहरु त्यही भत्केको घरमा बस्न बाध्य भएका थिए । वडाअध्यक्ष श्रेष्ठको पहलमा धनबहादुरलाई घर बनाइदिने अभियानमा जुटे र सहयोग रकम संकलन गर्न थाले ।
अपांगता भएका ३० वर्षकी जेठी छोरी लीला, १९ वर्षकी कान्छी छोरी शिला र १६ वर्षका छोरा राजीव श्रेष्ठ हिँडडुल गर्न र राम्रोसँग बोल्न सक्दैनन् । भूकम्पले भत्किएको घरमा बसिरहेका अपांग परिवारलाई घर बनाइदिने अभियानमा रहेका वडाध्यक्ष श्रेष्ठको सपना पुरा गर्न उनीहरूले सो रकम सहयोग गरेको ईनास युएई साराहाज क्षेत्रीय महासचिव कृस सुनारले बताए ।
‘उहाँले (वडाअध्यक्ष) सामाजिक सञ्जालबाट आव्हन गरी सकहयोग सक्लन गनुभएको हामीले समाचारमा देख्यो त्यही भएर धनबहादुर दम्पतिलाई थप सहयोग पुग्ने आशाले हामीले केहि रकम सहयोग गरेका छौँ’ उनले भने ।
दुई चरणामा गरी उनीहरूले सो रकम पठाएका हुन् । पहिलो चरण अन्तर्गत संस्थाका संयोजक सागर क्षेत्री, उप सम्योजक कुमार श्रेष्ठ, अध्यक्ष भिम घिसिङ लगायतले सो रकम सङकलन गरेका हुन् ।
दोस्रो चरणको सहयोगमा संस्थाका सदस्य कलाकार राजेश लामाले एकल संकलन गरि विभिन्न साथीहरू मार्फत ईनास युएई अध्यक्ष रेखा घिमिरेलाई हस्तान्तरण गरि यो रकम अध्यक्ष घिमिरेबाट नेपालमा वडाअध्यक्ष श्रेष्ठलाई पठाएका थिए ।
विभिन्न समयमा यस संस्थाले ईनास युएईले सामाजिक गतिविधिमा आफ्नो सामाजिक जिम्मेवारी र कला, सास्कृतिकको वैदेशिक भुमिमा रहेर जग्रेन गर्दै आएको छ्न ।