गोरखा- गोरखाको शहीद लखन थापा गाउँपालिका वडा नम्बर ६ अँधेरीमा बुधबार बिहान पहिरोले घर भत्किँदा तीन जनाको मृत्यु भएको छ ।
अधेरीका स्थानीय नवराज कुँवरको घर पहिरोले भत्किँदा उनकी छोरी १० वर्षीया प्रमिना कुवँर, भान्जी २० वर्षीया सरु र सरुकी आठ महिने छोराको मृत्यु भएको स्थानीय रामकृष्ण श्रेष्ठले जानकारी दिए ।
राती देखि परेको अबिरल बर्षका कारण पहिरो खस्दा उनिहरु बसेको कोठा पुरीए पछि उनिहरुको मुत्यु भएको उनले बताए । बिहान करिव ६ः ३० बजेतिर पहिरो गएको हो । कुँवरकी भान्जी सरु पुजाको निम्तो मान्न मामाकी घर गएकी थिइन् ।
पहिरोमा परी अन्य २ जना सामान्य घाइते भएको स्थानियले बताएका छन् । घटना स्थलमा समयमा नैमा प्रहरी पुगी नसेकको स्थानियबासीले आरेप लगाए । यता जिल्ला प्रहरी कार्यालय गोरखाले भने घटना स्थल तर्फ प्रहरी गइसेकेको जनाएको छ ।
लगातारको बर्षा पछि गाउँका अन्य केही घरहरु पनि जोखिममा रहेको स्थानियबासीको भनाई छ । लगातारको बर्षाले त्यस क्षेत्रमा अन्यत्र पनि धेरै स्थानमा पहिरो गएको स्थानियबासीहरुले बताएका छन् ।
पहिरोले एकै घरमा ३ जनाको मुत्यु भएपछि अहिले अधेरी गाउँशोकमा डुवेको छ । पहिरोका कारण वरपर रहेको ६ घर समेत जोखिममा रहेकोले अहिले सबैलाई स्थानियको सहयोगमा नजिकै रहेको श्री दुर्गा प्राथामिक बिद्यालयमा राखीएको छ ।
घार्चेमा छ घर जोखीममा
त्यस्तै, घार्चे गाउँपालिका वडा नम्बर ७ खानीबेसीमा पहिरोका कारण छ घर जोखीममा परेको ईलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्ष सुरज कार्कीले जानकारी दिए ।
‘यहाँ पहिरोले सात घर जोेखीममा परेको छ’ उनले भने ‘पहिरोका कारण भौतीक क्षती भएपनि अन्य कुनै क्षती भएको छैन् ।’ पहिरोका कारण स्थानीय सुनामी गुरुङ, सुन्दर गुरुङ, करीस्मा गुरुङ, सर्प्सिंङ गुरुङ, दिप बहादुर गुरुङ, कमानसिंन गुरुङको घर जोखीममा परेको उनले बताए ।
उद्धारमा ढिर्लाइ
जिल्लामा लगातार दुईदिनदेखि परेको अविरल बर्षाले जिल्लाका केयौ भागमा पहिरो खसेको छ । २०७२ सालको विनाशकारी महाभुकम्पको केन्द्रविन्दु रहेको गोरखामा लगतार पानी परेपछि पहिरो गएको हो । पहिरोका कारण गोरखाका ११ स्थानिय तहमध्ये अधिकांश स्थानमा पहिरो खस्ने सम्भावना रहेको जानकारहरु बताउछन् ।
जिल्लामा दैविक उद्धार तथा प्रकोप नियन्त्रण गर्नका लागि प्रमुखजिल्ला अधिकारकिो संयोजकमा विभिन्न संघ तथा संस्थाहरु सहितको उद्धार समिति भएतापनि समयमा नै उद्धारको काम नभएको सहिदलखन गाउँपालिकाका स्थानियले आरोप लगाए ।
मोटरबाटोले खनेपछि जोखिममा
केहीदिनदेखि निरन्तर पानी पर्न थालेपछि हालै मोटरबाटो निर्माण गरिएको धार्चे गाउँपालिका ५ को लप्सीबोट, वडा नं. ७ को खानीबेशी र लापुगाउँका बासिन्दाले पहिरोको जोखिम बढेको जनाएका छन् । विकासका लागि निर्माण गरिएको मोटरबाटोले पहिरो निम्त्याएपछि धार्चेका तीन गाउँका बासिन्दा जोखिममा बस्न बाध्य भएका हुन् ।
भूकम्पपछि हालै निर्माण गरिएको घर पनि पहिरोको जोखिममा परेको स्थानीयबासीको भनाइ छ । ‘गाउँमाथि पनि, गाउँमुनि पनि मोटरबाटो मोटरबाटो बनाएका छन्’, लप्सीबोटका रामप्रसाद गुरुङले भने, ‘अहिले पानी पर्न थालेपछि घरमुनि पनि पहिरो गयो, घरमाथिबाट पनि पहिरो आएको छ ।’
गाउँका १० घर जोखिममा परेको उनले बताए । ‘रामबहादुर गुरुङ, सिताराम गुरुङ, आसमान गुरुङ, तिलबहादुर गुरुङ, सुपाल गुरुङ, पूर्णमाया गुरुङ, माहिला गुरुङ, पूर्णबहादुर गुरुङ, सन्तबहादुर गुरुङ र भीमबहादुर गुरुङको घर जोखिममा प¥यो’, उनले भने, ‘रामबहादुरको त गोठ पहिरोले लगिसक्यो ।’