गोरखा– पालुङटार नगरपालिकाको आर्थिक वर्ष ०७५/०७६ को कुल बजेट ७७ करोड ४३ लाख २० हजारको हुने भएको छ ।
उक्त बजेट भित्र नगरपालिकालाई नेपाल सरकारबाट प्राप्त हुने निशर्त अनुदान १९ करोड १ लाख, सशर्त अनुदान २२ करोड ५१ लाख, राजस्व वाँडफाँड प्रशासनिक प्रकृतिको खर्चको लागी ८ करोड २५ लाख रहने नगरपालिकाले जनाएको छ ।
यसै बिच आगामी आर्थिक वर्षको लागी सामाजिक सुरक्षा तर्फ ११ करोड अनुमान गरी रकम विनियोजन गरिएको र केन्द्रिय निकायबाट परियोेजनामा आधारीत कार्यक्रम माग गर्ने गरी ५ करोड अनुमान गरिएको नगरपालिका श्रोतले जनाएको छ ।
प्रदेश सरकारबाट प्रप्त हुने निशर्त अनुदन रकम एक करोड २७ लाख परियोजनामा आधारित विषेश कार्यक्रमको लागी ३८ लाख र सवारी साधन कर बाँडफाँडको ४१ लाख २० हजार प्राप्त हुने गरी आय अनुमान गरिएको छ ।
पालुङटार नगरपालिकामा आगामी आर्थिक वर्षमा मालपोत राजस्व वापत प्राप्त हुने सुनिश्चित भएको रकम ४० लाख, विद्युत रोयल्टी बापत प्राप्त हुने अनुमानित रकम २० लाख, आन्तरिक आयतर्फ २ करोड ५० लाख समेत गरी कुल आन्तरिक आय ३ करोड १० लाख अनुमानित प्रक्षेपण गरिएको छ ।
बहुउद्देश्यीय भवन निर्माण गरिने
आगामी आर्थिक वर्षमा नगरपालिकामा एक बहुउद्देश्यीय भवन निर्माणका लागी नगर विकास मार्फत अनुदान सहितको ५ करोड अनुदान लिने श्रोतले जनाएको छ ।
अघिल्लो आर्थिक वर्षको अन्तमा नगपालिका कोषमा सञ्चित रकम १ करोड ५० लाख समेत अनुमान गरी आगामी आर्थिक वर्ष ०७५/०७६ को बजेट ७७ करोड ४३ लाख २० हजार कुल बजेट हुने नगर प्रमुख दिपक बाबु कडेलले जानकारी दिए ।
मेयर कडेलका अनुसार वडाको योजना नआएको र असार मसान्तको काम नसकिएको कारणले शिर्षक अनुसार रकमान्तर नगरिएकको उनले बताए।
लिगलिग कोटमा होमस्टे
लिगलिगकोटको ऐतिहासिक धार्मिक पुरातत्व तथा संस्कृतिको संरक्षण गर्नेको लागि नगरापलिकाको पर्यटकिय क्षेत्रका रुपमा रहेको लिगलिगमा होमस्टेका सञ्चालन गरिने भएको छ ।
यस आर्थिक वर्षमा नगरपालिकाले लिगलिग कोटमा होमस्टे निर्माण गर्ने योजना रहेको मेयर कडेल बताउछन् । आन्तिरिक तथा बाह्य पर्यटकले नै नगरपालिकाको विकासमा सहयोग पुग्ने उद्देयका साथ नगरपालिकाले तयारी गरेको छ ।
२०७२ सालमा गएको विनाशकारी भुकम्पले क्षतिग्रस्त लिगलिगकोटमा होमस्टे मार्फत विकास गरिने भएको छ । होमस्टे सञ्चालनका लागि नगरपालिकाले अहिले आन्तिरिक छलफलमा जुटेको छ ।
बिसं १६१६ मा द्रव्य शाह दौडेर राजा भएपछि गोरखा राज्यमा शाहवंशको उदय भएको थियो । द्रव्य शाहले दौडेर राजा भएपछि यस स्थानलाई लिगलिगकोटका रुपमा विकास गरिएको इतिहास रहेको छ ।